नयाँदिल्ली- डा. जोसेफ मर्फीले आफ्नो पुस्तक ‘धनी हुनु तपाईंको अधिकार’मा धनी र गरिब हुनुको पहिलो शुरुवात मानिसको दिमागबाट हुने उल्लेख गरेका छन्। हामी जब आफ्नो भविष्यका बारेमा सोच्न थाल्छौं, त्यसपछि प्राकृतिक मेनुफेस्टेसनजस्तै अगाडि बढ्ने उनको धारणा छ।
उनको बुझाइमा जब पैसाको बारेमा सोच्न थाल्नु हुन्छ र व्यवहार त्यस्तै हुन्छ। अनि मानिस छिट्टै धनी बन्छ। मानिस जब सधैं पैसाको कमीको बारेमा सोचिरहन्छ, उसको दिमाग तनावबाट भरिपूर्ण रहन्छ। तर, जब समृद्धि र प्रगतिको बारेमा सोच्न थाल्छ, उसको व्यवहार पनि त्यतै आकर्षित हुन्छ। र, पैसा कमाउन थाल्छ।
उनका अनुसार पैसा भाग्यशालीलाई मात्र प्राप्त हुन्छ भन्ने सोच नै गलत हो। यो सोच र तरिका बदल्न सकिएन भने मानिसको जिन्दगीमा सुधार आउँदैन। जब धनी बन्ने सपनासाथ काम अगाडि बढाइन्छ, पैसा आर्जनका प्रशस्त मार्ग खुल्छन्।
धनी बन्ने मनोवैज्ञानिक मोडल
– म पैसा कमाउन सक्षम छु भन्ने कुरामा विश्वास गरौं
– आफूलाई गरिब व्यक्तिका रूपमा नहेरौं, समृद्ध व्यक्तिका रूपमा देख्न शुरु गरौं।
– धन प्राप्त भयो भने त्यसलाई लिएर अपराधबोध नगरौं। त्यसलाई प्रेम र सेवाको उपलब्धि मानौं।
– तपाईं गरिब रहन चाहनु हुन्न भन्ने सोच्नूस्
– त्यसैले म पैसा कमाउन चाहन्छु भन्ने सोच्नूस्
– पैसा कमाउन लगानीको तरिका सिकौं
– पैसा लगानी गर्ने अनेक ज्ञान सिकौं
– त्यसपछि विस्तारै तपाईं लगानीको क्षेत्रमा सक्षम बन्दै जानु हुनेछ
– किनकि, धनी बन्नु तपाईंको अधिकार हो, भाग्य या दुर्भाग्य होइन
– धनी हुने भावना धनबाटै प्राप्त हुन्छ
– तपाईंको अवचेतन मन त्यही कुरा स्वीकार्छ, जसलाई तपाईं दिलैदेखि सही मान्नु हुन्छ।
भास्कर डट कमबाट