काठमाडौँको बबरमहलमा स्कुटर दुर्घटना भएको छ । घटनामा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Advertisement
बा ६१ प ८९८८ नम्बरको स्कुटर आइतबार राति पौने १२ बजे दुर्घटना भएको हो । घटनामा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केविन श्रेष्ठको मृत्यु भएको हो ।
उपचारको क्रममा वीर अस्पतालमा आज बिहानपख उनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
स्कुटर अनियन्त्रित भई सडक किनारमा ठोक्किएको थियो ।