नयाँदिल्ली- झोलिला वस्तुहरू ज्यादा पिउँदा बारम्बार पिसाब लाग्न सक्छ। तर, त्यसरी झोल पदार्थ नपिउँदा पनि पिसाब बारम्बार लागिरहन्छ भने कुनै गम्भीर बिमारीको संकेत हुन सक्छ।
‘इन्टरनेसनल जर्नल अफ कम्युनिटी मेडिसिन एन्ड पब्लिक हेल्थ’मा प्रकाशित रिपोर्टअनुसार यो समस्या महिला र पुरुष दुवैलाई हुन सक्छ। तर, महिलाको तुलनामा आधा पुरुषमा मात्र यो समस्या देखिन्छ।
महिलाहरूमा बच्चालाई जन्म दिएपछि, महिनावारी सुकेपछि र उमेर बढ्दै जाँदा यसको जोखिम बढी हुनछ। उमेर बढेसँगै पुरुषमा पनि यो समस्या देखिन थाल्छ।
‘नेसनल लाइब्रेरी अफ मेडिसिन’मा प्रकाशित एक रिपोर्टअनुसार संसारभर २० वर्षभन्दा माथिका ४२.३ करोड मानिस कुनै न कुनै रूपमा पिसाबसम्बन्धी समस्याबाट पीडित छन्। यो एक गम्भीर समस्या हो। तर, लाजका कारण मानिसले यसलाई लुकाएर बसेका हुन्छन्। ग्रामीण भेगमा यो समस्या अझ बढी छ, जहाँ उपचारको सुविधा पनि उपलब्ध छैन।
मूत्राशयले पिसाब नियन्त्रण गर्न नसक्नु यसको मुख्य पाटो हो। आफैंमा यो कुनै बिरामी होइन तर कुनै अर्को स्वास्थ्य समस्याको लक्षण हो। यसका चार प्रकार छन्। चिकित्सकहरूका अनुसार यो उपचार हुन सक्ने समस्या हो।
के हो पिसाब नियन्त्रण नहुने समस्या ?
– स्ट्रेस युरिनरी इनकन्टिनेन्स- यसमा खोक्दा र हाछ्यूँ गदा या बढी तौलका सामान उठाउँदा पनि पिसाब चुहिन सक्छ।
– अर्जेन्सी युरिनरी इनकन्टिनेन्स- अचानक पिसाब गर्न मन लागिरहनु। चाहेर पनि रोक्न नसक्नु।
– ओभरफ्लो युरिनरी इनकन्टिनेन्स- मूत्राशय पूर्ण रूपमा खाली नहुँदा बारम्बार थोरै-थोरै पिसाब लागिरहनु।
– फंक्सनल युरिनरी इनकन्टिनेन्स- कुनै शारीरिक र मानसिक समस्याका कारण समयमा शौचालय पुग्न नसक्नु र शौचालय पुग्नुअघि नै पिसाब चुहिनु।
यी हुन् १० मुख्य कारण
– ज्यादा पानी पिउँदा
– बढी उमेर र कुनै औषधिहरूका कारण
– गर्भावस्था या नर्मल डेलिभरीका कारण
– महिलाको महिनावारी सुकेका कारण
– पुरुषहरूमा प्रोस्टेट ग्रन्थी बढेका कारण
– शरीरको तौल अत्यधिक भएका कारण
– मधुमेह (सुगर) रोगका कारण
– न्युरोलोजिकल डिसअर्डरका कारण
– युरिनरी ट्र्याक्ट इन्फेक्सन (यूटीआई)का कारण
– मूत्राशय र पेल्भिकमा समस्या आउँदा
यी हुन् लक्षण
– निहुरिँदा, खोक्दा र शारीरिक व्यायामको समयमा युरिन चुहिनु
– अचानक पिसाब फेर्न मन लाग्नु र रोक्न नसक्नु
– राति धेरैपटक पिसाब फेर्नुपर्ने अवस्था
– राति अन्जानमै ओछ्यानमा पिसाब हुनु
– मूत्राशय पूर्ण रूपमा खाली नभएको महशुस हुनु
– मूत्राशयमा बारम्बार इन्फेक्सन हुनु
– कुनै सर्जरीपछि पिसाब लिकेज भइरहनु
– रोकिँदै-रोकिँदै ढिलो गरी पिसाब पास हुनु
– यौन सम्बन्धको दौरान पिसाब पास हुनु