काठमाडौँ । आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ११ बजेदेखि बालुवाटारमा बैठक बस्ने भएको हो ।
Advertisement
आजको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने भएको छ । दुवै संगठनको नेतृत्व आजदेखि अनिवार्य अवकाश जाने भएसँगै सरकारले आजै आईजीपीको निर्णय गर्ने भएको हो ।
नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजदेखि अनिवार्य अवकाशमा जाने भएका छन् ।
सशस्त्रमा केही दिनपहिले राजु अर्याललाई एआईजीमा बढुवा गरिसकिएको छ । एक मात्र एआईजी भएकाले उनी आईजीपीमा हुने पक्का भएको छ । तर, नेपाल प्रहरीमा आईजीपी बढुवाको प्रतिस्पर्धामा चार जना रहेका छन् ।