संसदमै पोर्न मुभी हेरेर विवादमा आएका बेलायतका एक सांसदले पदबाट राजीनामा दिएका छन्।
Advertisement
निल पेरिस नामका ती सांसद बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको दल कन्जरभेटिभ पार्टीका हुन्। संसदको तल्लो सदन हाउस अफ कमन्समा पोर्न मुभी हेरिरहेको तस्बिर, भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएकमा थिए।
विवादका बीच उनले शनिबार राजीनामा दिएका हुन्। उनले बीबीसीसँग कुरा गर्दै पहिलोपटक सदनमा पोर्न मुभी हेर्नु दुर्घटना भएको र दोस्रोपटक आफ्नो पागलपन भएको बताए। उनी ६५ वर्षका छन्।