काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवलपरासीको कावासोतीमा वडाध्यक्षको घरमा आगजनी गरेको भन्दै विरोध गरेको छ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेका हुन् ।
Advertisement
प्रवक्ता श्रेष्ठले तत्काल सत्य, तथ्य छानविन गर्न माग गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
कावासोती नगरपालिका १६ का वडाध्यक्षका उम्मेदवार सुमन भट्टको घरमा अज्ञात समूहले आगजनी गरेको थियो ।