काठमाडौँ । कपिलवस्तुको बुद्धभूमि गाउँपालिकामा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएको भएको छ । वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएसँगै उक्त गाउँपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको छ ।
Advertisement
गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्षका उम्मेदवार तिवारीको मृत्यु भएको हो । यसका कारण आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेबाट उम्मेदवार उनको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएसँगै निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरेको हो ।
