• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

के घातक रोगसँग जुधिरहेका छन् पुटिन ?


    Avatar photo
शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित

विश्वका शक्तिशाली नेतामा गनिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको व्यक्तिगत जीवन रहस्यले भरिएको छ। उनको निजी जीवनका धेरै पक्ष सार्वजनिक भएका छैनन्।

Advertisement

उनका व्यक्तिगत जीवनका पाटाहरूबारे अनेक अड्कलबाजी हुने गर्छन्। पछिल्लो समय सार्वजनिक भएको एक भिडियोका आधारमा पुटिन गम्भीर रोगसँग जुधिरहेको हुनसक्ने आशंका गर्न थालिएको छ। भिडियोमा पुटिन कुनै रोगीजस्तो हाउभाउ गरिरहेका देखिन्छन्।

पश्चिमा मुलुकका सञ्चार माध्यमले पुटिन थाइरोयडको क्यान्सर वा पार्किन्सन्ससँग जुधिरहेको हुनसक्ने अनुमान गरेका छन्। पुटिनको वरिपरि हिँड्ने केही व्यक्ति क्यान्सर विशेषज्ञ भएको पनि दाबी पनि पश्चिमा सञ्चार माध्यमको छ। उनकै नजिकका व्यक्तिहरूले पनि पुटिनले क्यान्सरका बिरामीले खाने स्टेरोयड खाइरहेको बताएका छन्।

चर्चामा रहेको भिडियोमा पुटिन उनका रक्षामन्त्री सर्गेई सोइगुसँग देखिन्छन्। सो भेटघाट अवधिभर पुटिन टेबलको एउटा कुना समातिरहेका देखिन्छन्। उनको दाहिने हातको औँला मात्रै हल्लिरहेको देखिन्छ। उनी असहज ढंगले हलचल गरिरहेको, जिब्रो बाहिर निकालेको र ओठ टोकेको अवस्थामा देखिन्छन्। उनी कहिले सिलिङ त कहिले भुइँमा हेरिरहेका थिए। र, आफूलाई नियन्त्रित देखाउन धेरै सावधान देखिन्थे।

भिडियोमा उनको अनुहार पनि सुन्निएको जस्तो देखिन्छ। किमोथेरापी गरिरहेका वा स्टेरोइड खाने व्यक्तिमा यस्ता लक्षण देखिने बताइन्छ। यस्तै, भिडियोमा पुटिनको खुट्टा लगातार हल्लिइरहेको पनि देखिन्छ, जुन पार्किन्सन्स रोगको लक्षण हो।

केही सञ्चार माध्यमले भिडियोमा देखिएका रक्षामन्त्री सोइगु तनावमा देखिएको र उनले पहिले कसैले लेखिदिएको स्क्रिप्ट पढिरहेको औंल्याएका छन्। सोइगु लेखिएको पढ्दा पनि भक्भकाइरहेको, उनको शब्द पनि स्पष्ट नबुझिएको केहीले ठम्याएका छन्।

यसअघि मन्त्री सोइगुलाई हृदयाघात भएको समाचार सार्वजनिक गरिएको थियो। चर्चामा रहेको भिडियोमा दुई नेता युक्रेन युद्धबारे चर्चा गरिरहेका देखिन्छन्। रुस–युक्रेन युद्ध शुरु भएको दुई महिना नाघिसकेको छ। यसैबीच रुसी सेनाले युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह शहर मारियापोलमाथि कब्जा जमाएको छ। सोही विजयबारे कुरा गर्न पुटिन र रक्षामन्त्री सोइगुसँग भेटघाट भएको थियो।

यस्तै, अर्को एक सार्वजनिक कार्यक्रममा अर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा आयोजित धार्मिक समारोहमा मैनबत्ती समात्दै देखिएका पुटिन अस्थिर देखिएको सार्वजनिक भएको थियो। यी कुरालाई हेरर उनलाई या पार्किन्सन या प्राणघातक क्यान्सर भएको अनुमान गरिएको छ।

शनिबार, बैशाख १७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो
ह्यारी–मेघनको शाही हैसियत यथावत्
विश्‍व घटना : नेपालमा जेन-जी विद्रोह र विध्वंश
इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानका ११ जनाको मृत्यु

भर्खरै

  • १.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • २.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ३.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ४.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ५.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ६.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ७.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ८.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.