काठमाडौँ । सत्ता गठबन्धन दलको बैठक बस्ने भएको छ । बागी उम्मेदवारी फिर्ता गराउने विषयमा गठबन्धन दलको शीर्ष नेताहरूबीच छलफल हुने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरपछि बैठक बस्ने भएको हो ।
Advertisement
स्थानीय तह निर्वाचनमा गठबन्धन दलबीच तालमेल भएसँगै बागी उम्मेदवारीसमेत अत्याधिक मात्रामा परेको छ । गत ११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहान, नगरपालिका र गाउँपालिकामा सेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।
उम्मेदवारी फिर्ता लिने समय आज साँझ ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ । हिजो पनि गठबन्धन दलका शीर्ष नेताहरूबीच बैठक बसेको थियो ।