युक्रेनको दक्षिणी शहर खेरसोनलाई कब्जामा लिएर रुसले आफ्नै मुद्रा चलाउने तयारी गरेको हो।
Advertisement
किभ- रुसले युक्रेनको एक शहर पूर्ण कब्जामा लिएर आफ्नै मुद्रा रुबेललाई चलनचल्तीमा ल्याएको छ।
युक्रेनको दक्षिणी शहर खेरसोनलाई कब्जामा लिएर रुसले आफ्नै मुद्रा चलाउने तयारी गरेको हो। बीबीसीका अनुसार १ मेदेखि खेरसोनमा रुसी मुद्रा चलनचल्तीमा ल्याउने तयारी छ।
उक्त क्षेत्रका रुसी मिलिट्री-सिभिल एडमिनिस्ट्रेसनका उपप्रमुख किरिल स्ट्रिमोसका अनुसार मुद्राको ट्रान्जिसन समय चार महिना तोकिएको छ। त्यतिन्जेल युक्रेनको मुद्रा हर्भिनिया पनि चलनचल्तीमा रहनेछ। र, त्यसपछि पूर्ण रूपमा रुसी मुद्रा रुबेल मात्र कायम हुनेछ।