इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले बेन स्टोक्सलाई टेस्ट कप्तान बनाएको छ।
Advertisement
उनले जो रुटलाई विस्थापित गरेका छन्। ३० वर्षीय बेनले हालसम्म इंग्ल्यान्डको तर्फबाट ७९ वटा टेस्ट म्याच खेलेका छन्।
पाँच हजार ६१ रन बनाएका उनको खातामा १७४ टेस्ट विकेट पनि छ। सन् २०१७ मा उनले दुईपटक टिमको उपकप्तानको जिम्मेवारी पाएका थिए।
जो रुटले पाँच वर्षसम्म टिमको कप्तानी सम्हालेका थिए। उनको रेकर्ड ६४ वटा टेस्ट म्याचमा टिमको कप्तानका रूपमा बनेको छ। बेनको कप्तानीमा इंग्ल्यान्डले २ जुनमा न्युजिल्यान्डविद्ध टेस्ट म्याच खेल्दैछ।