नयाँदिल्ली- तपाईंको पार्टनर तपाईंसँग डेट त गरिरहेको छ। तर, के ऊ तपाईंप्रति सिरियस छ ?
खासगरी, त्यस्तो पार्टनरसँग सजग रहनूस्, जो कहिले यस र कहिले नो भनिरहेको छ। कतै ऊ तपाईंसँग प्रेमको नाटक गरेर यौन इच्छा पूरा गर्न मात्र त खोजिरहेको छैन ?
कहिले उसले यति धेरै प्रेम दर्शाउँछ कि संसार नै तपाईंलाई स्वर्गजस्तो लाग्छ। र, भोलिपल्टै यति चिसो व्यवहार गर्छ कि मानौं उसको दिलमा बरफ जमेको होस्।
त्यतिबेला तपाईंलाई लाग्छ, के साँच्चै यसलाई मलाई प्रेम गर्छ ? के यसलाई मेरो परवाह छ ? यी प्रश्नहरूबाट तपाईं सधैं तनावमा रहिरहनुभएको हुन्छ। र, तपाईंको मनमा कतै म झुटो सपना त देखिरहेको छैन भन्ने डर पैदा हुन्छ।
यो समस्या डेटिङमा रहेका हरेक पार्टनरले झेलिरहेका हुन्छन्। र, आफ्नो पार्टनरको व्यवहारबाट परेशान रहन्छन्। र, आफ्नो पार्टनरले आफूमा रुचि राख्छ कि राख्दैन भन्ने पहिचान गर्न सकिरहेका हुँदैनन्।
पार्टनरका यी व्यवहार शंकास्पद
– पार्टनरले सतही कुराकानी मात्र गर्छ भने ऊ सिरियस नहुन सक्छ
– तपाईंको जिम्मेवारी लिन डराउँछ भने उसलाई तपाईंको परवाह नहुन सक्छ
– उसको व्यवहारमा द्विविधा उत्पन्न हुन्छ भने सतर्क रहनूस्
– उसमा संवेदनशीलताको कमी देखियो भने आफू पनि दूरीमै रहनूस्
– तपाईंको ध्यान भड्काउन खोज्छ भने सतर्क रहनूस्
– इमोसनल सपोर्टका लागि उपलब्ध हुँदैन भने उसले तपाईंलाई प्रयोग मात्र गर्न खोजेको हुन सक्छ
– उसले तपाईंका लागि समय निकाल्दैन भने ऊ अन्यत्र पनि इंगेज भइरहेको हुन सक्छ
– स-साना कुरा पनि बिर्सिन्छ भने ऊ तपाईंप्रति सिरियस नहुन सक्छ
– कहिल्यै तपाईंको तारिफ गर्दैन भने उसको व्यवहार सिरियस नहुन सक्छ
– तपाईंको परिवार र साथीहरूसँग भेट्न खोज्दैन भने सतर्क रहनूस्
– आफ्नो गल्ति स्वीकार्दैन भने उसप्रति भरोसा नगर्नूस्
– दुवैको भविष्यलाई लिएर कुनै योजना बनाउँदैन भने उसले यौन सम्बन्ध राखेर तपाईंलाई चाँडै ब्रेकअप दिन सक्छ