Advertisement
काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज मनोनय भएका उम्मेदवारको नामावली सार्वजनिक हुने भएको छ ।
गत १२ र १३ गते देशभर दर्ता भएका मनोनयन दर्ताको निर्वाचन आयोगले आज साँझ ६ बजेसम्म नामावली प्रकाशन गर्ने भएको हो ।
१६ वैशाख साँझसम्म उम्मेदवारहरूले मनोनयन फिर्ता लिन पाउने छन् । उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार प्रकाशन हुनेछ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
देशभर रहेका ७५३ स्थानीय तहका लागि ३५ हजार २२१ पदका लागि एक लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।