मिर्गौलाले २४ घण्टा विना रुकावट काम गरिरहन्छ। मिर्गौलामा कुनै प्रकारको समस्या हुँदा रगतमा टक्सिन जम्मा हुन थाल्छन्। त्यसका कारण मिर्गौला फेल हुने र कार्डियोभास्कुलर रोग लाग्ने खतरा हुन्छ।
इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजीका अनुसार संसारका ८५ करोड मानिस मिर्गौलासम्बन्धी रोगबाट पीडित छन्। मिर्गौला रोगको सबैभन्दा ठूलो कारण खराब जीवनशैली हो।
तथापि, मिर्गौलाले ठीक ढंगले काम नगर्दा हाम्रो शरीरले खास संकेत दिने गर्छ। ती संकेतहरूलाई नजरअन्दाज गर्नु जोखिमपूर्ण हुन सक्छ।
मिर्गौला खराब भएका १० संकेत
– सधैं थकान र कमजोरी महशुस हुनु
– अनिद्राको समस्या हुनु
– छाला साह्रै सुक्खा हुनु र चिलाइरहनु
– सामान्यभन्दा कम या बढी पिसाब लाग्नु
– पिसाबमा रगत देखा पर्नु
– आँखाको वरिपरि लगातार सुन्निइरहनु
– हातखुट्टा सुन्निनु
– भोक कम लाग्नु
– मांशपेशीमा ऐंठन महशुस हुनु
– रक्तचाप उच्च रहनु
मिर्गौला खराब हुने ८ कारण
– साह्रै धेरै नून खानु
– साह्रै धेरै चिनीयुक्त खाना खानु
– जंक फुड, फास्ट फुड या प्रोसेस्ड फुड नियमित खानु
– पर्याप्त मात्रामा पानी नपिउनु
– लगातार धुम्रपान र मद्यपान गर्नु
– पर्याप्त निद्रा नपुर्याउनु
– साह्रै धेरै पेन किलर र एन्टिबायोटिक खानु
– अत्यधिक शारीरिक व्यायाम गर्नु