नयाँदिल्ली- हरेक माता-पिताको चाहना हुन्छ, आफ्ना सन्तान पढाइमा अब्बल रहून्। र, त्यसका लागि हरसम्भव प्रयास पनि गर्छन्।
त्यसका लागि राम्रो स्कुलमा भर्ना गर्ने, ट्युसन पढाउने र घरमै पढाइका लागि अनुकूल माहोल बनाउनेलगायत गतिविधि गर्छन्। तर, पढाइमा अब्बल हुनका लागि राम्रो संशाधन उपलब्ध गराउनु मात्र काफी हुँदैन। बालबालिकाको खानपानले पनि उनीहरूको पढाइमा प्रभाव पारिरहेको हुन्छ।
मानिसले जे खान्छ, त्यसले उसको शरीरका साथमा दिमागलाई पनि प्रभावित बनाइरहेको हुन्छ। पौष्टिक भोजनबाट दिमाग तेज, फोकस्ड र सक्रिय रहन्छ। अस्वस्थकर डाइटले ऊर्जा र स्मरण शक्ति पनि कमजोर बन्छ। त्यसैले बालबालिकाको स्मरण शक्ति बलियो बनाउन उनीहरूको डाइटमा पनि ध्यान दिनुपर्छ।
स्मरण शक्ति बढाउन यी खानेकुरा
– ओमेगा-३ फ्याटी एसिड पाइने खानेकुराले दिमाग तेज बनाउँछ। ओखर, आलसका दाना र चियाको सिड्सले दिमाग तेज बनाउन मद्दत गर्छन्।
– एन्टिअक्सिडेन्ट्स र भिटामिनयुक्त खानेकुराले पनि दिमागलाई तेज बनाउँछन्। ब्लुबेरी, स्ट्रबेरी, ब्ल्याकबेरीजस्ता बेरिज, टमाटर, गाँजर तथा पालक, ब्रोकाउलीजस्ता हरिया सागसब्जीमा प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट्स र भिटामिन पाइन्छ।
– प्रोटिन र एमिनो एसिडबाट पनि स्मरण शक्ति तेज हुन्छ। अण्डा, दही, दूध, पनिर, अनप्रोसेस्ड चिजसहित दुग्धजन्य पदार्थहरू प्रोटिन र एमिनो एसिडका मुख्य स्रोत हुन्।
– पालक, मेथी, बेथुको साग, सोयाबिन, मुला, चुकन्दरजस्ता मिनरल्सयुक्त खानेकुराले पनि दिमाग तेज बनाउन मद्दत गर्छन्।
– ओट्स, ब्राउन राइस, कोदो, मकै, जुनलो, चनाजस्ता कम्प्लेक्स कार्बोहाइड्रेटयुक्त खानेकुराले पनि मस्तिष्कको स्वास्थ्य राम्रो बनाउँछन्।
– बदाम, काजु, किसमिस, पिस्ताजस्ता ड्राई फुड्स र नट्सले पनि दिमाग तेज बनाउँछन्।
– पर्याप्त पानी, नरिबल पानी र फलफूलको जुस पिउने बानीले पनि दिमागलाई तेज बनाउँछ।
तथापि, याद राखौं कोल्ड ड्रिंक्स र प्याकेज्ड जुस, टफी, क्यान्डी, चकलेट र कुकिच, पिज्जा, बर्गर, फ्रेन्च फ्राइज, जुडल्स र प्याकेज्ड स्न्याक्सले दिमागको स्वास्थ्य खराब बनाउँछन्।
यस्तै, कुनै पनि प्रकारको इनर्जी ड्रिंक्स, चिया, कफी र मैदाबाट बनाइएका कुनै पनि खानेकुराले दिमागलाई कमजोर बनाउँछन्।
दिमागलाई मजबुत बनाउने गतिविधि
– गणित र अल्जेब्रा पढ्ने
– नम्बर गेम्स खेल्ने
– सुडोकुसहित हरेक प्रकारका पजल गेम खेल्ने
– कुनै नयाँ भाषा सिक्ने
– कुनै पनि म्युजिकल इन्स्ट्रुमेन्ट बजाउने
– राति ९ बजेभन्दा अगाडि नै सुत्ने
– बालबालिकालाई कम्तिमा ९ घण्टा राम्रो निन्द्रा लिन दिने
– दैनिक स्क्रिन टाइम एक घण्टाभन्दा कम गराउने
– दौडिने, खेल्नेलगायत शारीरिक गतिविधिमा जोड दिने
भास्कर डट कमबाट