• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

निर्माणाधीन चतरा अस्पताल रकम निकासा नहुँदा अलपत्र


आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

वराहक्षेत्र नगरपालिकाको वडा नं. २ चतरा अस्पतालको निर्माणाधीन १५ शय्याको भवनमा सरकारले समयमा रकम निकासी नगरिदिँदा ठेकेदार पक्षले काम रोकेको छ।

Advertisement

प्रतिष्ठा एन्ड केजी ज्वाइन्ट भेन्चर कम्पनीले राज्यले समयमा भुक्तानी नदिएको भन्दै निर्माणकार्य यहि कातिकबाट देखि काम रोकि सम्पर्क विहिन भएको छ।

प्रतिष्ठा के एन्ड केजी ज्वाइन्ट भेन्चरका प्रमुख अशोकभक्त श्रेष्ठले भने ‘काम गर्यो, समयमा भुक्तानी सरकारले उपलब्ध गराउदैन,कसरि काम अगाडि बडाउनु ? कम्पनीको लगानी डुबेको छ, अब सरकारले रकम निकासा गरे पछि मात्र, निर्माणकार्यलाई निरन्तरता दिने ‘श्रेष्ठले बताए।

सङ्घीय सरकारसँग आर्थिक वष २०७७/०७८ मा ९ करोड ४३ लाख रुपैयाँ बजेटमा प्रतिष्ठा के एन्ड केजी ज्वाइन्ट भेन्चरले कम्पनी सम्झौता गरी चतरास्थित सुनसरी-मोरङ सिंचाइ आयोजनाको हाता भित्र खाली रहेको अन्दाजी १ भन्दा बढी जग्गामा अस्पतालको भवन निर्माण थालेको थियो।

ठेकेदार पक्षले बराहक्षेत्र नगरपालिकाबाट हालसम्म दुई किस्ता गरि ३ करोड २१ लाख ११ हजार ५ सय ५१ रुपैयाँ बुझिलिएको कुरा योजना शाखा प्रमुख राम ढकाल बताउँछन् ।

निर्माणधीन अस्पताल भवनमा ४५ कोठा हुनेछन् ,उक्त कोठा मध्यमा एक स्थानमा साधारण र मेजर अप्रेसन कोठा हुने र पोष्टमार्टम गर्ने भवन सहित दुई तल्ला रहेको छ।

निर्माण पक्षले अस्पतालको करिब ३५-४० प्रतिशत निर्माण कार्य गरेको नगरपालिकाका इन्जिनियर नवीन खनालले जानकारी दिए।

हरेक पालिकामा स्वास्थ्य केन्द्र रहने अवधारणाअनुसार उक्त तत्कालीन सुनसरी निर्वाचन क्षेत्र नं. १ का सङ्घीय सांसद् जयकुमार राईद्वारा शिलान्यास गरिएको थिए।

निर्माण कम्पनीले अस्पताल भवन बनाउदा गुणस्तरहीन निर्माण सामग्री इँटा र बालुवाको प्रयोग गरीरहेको अवस्थामा वडा नं २ का तत्कालीन वडाध्यक्ष हरिकृष्ण भट्टराईले अनुगमन गरि काम रोकेका थिए। पुनः ठेकदार पक्ष काम निरन्तर दिदा गुणस्तरहीन र कमसल (ल्याबमा परीक्षण) नगरीएको इंटा,वालुवा प्रयोग गरी निर्माण कार्यलाई अगाडि बढाइरहेको अवस्थामा वडा नं २ का अध्यक्ष होम प्रसाद गौतमले लगाएको गारो(वाल)लाई तत्काल भत्काउन लगाएका थिए।

ठेकेदार पक्षले २ वर्ष भित्रमा अस्पताल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नु पर्ने सहमति पत्रमा उल्लेख भएपनि समयमा अस्पताल नबन्दा छिमेकी जिल्लाहरू उदयपुर,धनकुटा,भोजपुरका पहाडीभेग र वराहक्षेत्र नगरपालिकाको दुर्गम स्थानहरू सूर्यकुण्ड,चावचा,वागदलवारी, फुलवारी र कटहरे लगायत स्थानका स्थानीय बासिन्दाहरु सेवाग्राहीले सहज रूप गुणस्तरीय स्वास्थ्य सेवा सुविधा लिन बन्चित भइरहेकाे साथै हाल सन्चालनमा आइरहेको चतरा अस्पतालबाट थप सेवा विस्तारका लागि उक्त निर्माणधीन अस्पताललाई चाडै निर्माण सम्पन्न गरि सन्चालन ल्याउनु पर्ने कुरा वडा नं १ का अध्यक्ष किसन थापाले जानकारी दिदैं भने सरकारले रकम चाडो निकासा गरिदिई,ठेकेदार पक्षलाई सम्पर्कमा ल्याई अस्पताल बनाउने तर्फ स्थानीय र राज्य लाग्नुपर्ने धारणा राखेका।

निर्माण कम्पनीको लापरबाही र सरकारले समयमा रकम भुक्तानी नदिंदा अस्पताल समयमा बन्न सकिरहको छैन।

हालको चतरा अस्पतालमा पर्याप्त मात्रामा भवन र कोठाहरु नहुँदा उपलब्ध सेवाहरू सञ्चालन गर्न कठिनाइ भइरहेको अस्पताल प्रमुख गिरेन्द्र यादवले बताए।

प्राथमिक स्वास्थ्य केन्द्रबाट चतरा अस्पतालमा स्तरोन्नति भए पछि दैनिक सरदर ३५० सय सेवाग्राही सहजरुपमा सेवा सुविधा लिइरहेको कुरा अस्पतालका सुचना अधिकारी यम भण्डारीले जनाएका छन ।

 

आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

भर्खरै

  • १.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • २.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ३.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ४.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ५.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ७.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.