• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

स्रोत नखुलेको नगदसहित पक्राउ

जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

रुसी तेल खरिद नरोकेको भारतसँग अमेरिका र बेलायतकाे कानेखुशी !


सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित

 

Advertisement

वासिङटन- युक्रेनमाथि रुसले आक्रमण शुरु गरेपछि धेरै मुलुकले रुसको कदमको आलोचना गरे। तर, अमेरिकासँग नजिक मानिने भारत रुसी आक्रमणको आलोचना गर्न हिच्किचायो ।

 

रुसी कदमको आलोचना गर्ने त परको कुरा, भारत रुसबाट छुटसहितको तेल किनिरहेको छ। यो पनि त्यो समयमा जब अरू मुलुकले रुसी अर्थतन्त्रलाई कमजोर बनाउन प्रतिबन्धहरू लगाइरहेका छन्।

 

ह्वाइटहाउसले नयाँदिल्लीको रवैयाप्रति शुरुमा कडा शब्दमा असन्तुष्टि व्यक्त पनि ग¥यो । तर, अहिले केही नलागेपछि पश्चिमको बोली नरम भएको छ।

 

शुक्रबार बेलायती प्रधानमन्त्री बोरिस जोनसन नयाँदिल्ली आएर व्यापारिक साझेदारीबारे छलफल गरे। उनले त्यहाँ परम्परागत भारतीय पहिरनमा तस्बिर पनि खिचाए।

 

भारतप्रतिको पश्चिमी दृष्टिकोण नरम भए पनि युक्रेनप्रतिको भारतीय अडान भने फेरिएको छैन । पछिल्लोपटक ७ अप्रिलमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदबाट रुसलाई निकाल्ने विषयमा मतदान हुँदा उसले रुसविरुद्ध मतदान गरेन।

 

जहाँसम्म सस्तो रुसी तेल किन्ने कुरा छ, त्यसमा भारतले पहिलेभन्दा परिमाण बढाउँदै लगेको छ। पछिल्लो तथ्यांकअनुसार भारतले रुसबाट सन् २०२२ का तीन महिनामा सन् २०२१ को वर्षभर किनेबराबरको तेल किनिसक्यो।

 

यही परिप्रेक्षमा केही पश्चिमी विश्लेषकले भारतले पश्चिमलाई अन्तर्राष्ट्रिय सम्बन्धबारे महत्त्वपूर्ण पाठ पढाइरहेको बताउन थालेका छन्। तर, अमेरिका भारतसँगको मतभिन्नताका बावजुद उससँग टाढिन सक्दैन।

 

भारत अमेरिकाका लागि किन यति महत्त्वपूर्ण ?

अन्तर्राष्ट्रिय मञ्चमा चीनको उदयको परिप्रेक्षमा अमेरिकाका लागि भारत अत्यन्त महत्त्वपूर्ण साझेदार हुनेछ।

 

चीनलाई अमेरिकाले रुसभन्दा ठूलो प्रतिद्वन्द्वीको रूपमा हेर्न थालेको छ। यसले गर्दा पनि भारतका केही तिता व्यवहारलाई उसले बेवास्ता गर्नुपर्ने नीति अंगिकार गर्नुपर्नेछ।

 

किङ कलेज लन्डनका अन्तर्राष्ट्रिय सम्बन्धका प्रध्यापक हर्ष भी. पन्तले अमेरिकाले भारतलाई ‘पुल्पुलाउनुपर्ने नयाँ प्रेमिकाको रूपमा’ हेर्नुपर्ने बुझेको बताए। नयाँदिल्ली र वासिङ्टन दुवै चीनको बढ्दो सैन्य तागतसँग असहज महशुस गर्ने विश्वका केही मुलुकमध्ये पर्छन् ।

 

राष्ट्रपति सी जिनपिङको शासनमा चीनको जनमुक्ति सेनाले नौसैनिक तागत निक्कै बढाएको छ। चीनले आफ्नो नौसेनालाई विश्वकै ठूलो बनाएको छ । चीनले आफ्ना सेनाका लागि अत्यन्त उन्नत लडाकु विमान प्रयोगमा ल्याएको छ । साथै, उसले आणविक अस्त्रको भण्डार पनि बढाएको छ। वासिङ्टनले चीनको जोखिमसँग जुध्ने योजनामा भारतलाई पनि समावेश गरेको छ।

 

अमेरिकाले चीनवरपरका तीन देशहरू भारत, जापान र अस्ट्रेलिया र आफैं सम्मिलित एक समूह नै बनाएको छ। क्वाड नामको यो सुरक्षा संयन्त्रले सक्रियता बढाएको छ।

 

चीनलाई लिएर भारतका आफ्नै समस्याहरू छन्। दुई मुलुकबीचको उत्तरी सिमानामा कैयौं विन्दूमा विवाद छन्। यिनैमध्ये एक विवादित क्षेत्र गलवानमा दुई वर्षअघि भिडन्त हुँदा २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको ज्यान गयो।

 

र, पश्चिमका लागि रोचक हुने तथ्य के हो भने भारत आफ्ना सेनाले प्रयोग गर्ने हतियारका लागि रुसमाथि निर्भर छ। हिमाली क्षेत्रदेखि सम्पूर्ण भेगमा तैनाथ भारतीय सैनिकले बोक्ने उन्नत हतियार रुसमा बनेका हुन्छन्।

 

चीनलाई लिएर दुई देशबीच कायम समान प्रतिद्वन्द्विताका कारण युक्रेनको विषयमा विमति हुँदाहुँदै पनि अमेरिका र चीनले एकअर्काको अप्ठ्यारोलाई बुझेर अघि बढ्ने निर्णय लिएका छन्।

सीएनएनबाट

सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते
पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ
अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

भर्खरै

  • १.
    इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

  • २.
    स्रोत नखुलेको नगदसहित पक्राउ

  • ३.
    जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो

  • ४.
    होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

  • ५.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ६.
    पिनोचेको तानाशाहीविरुद्ध प्रदर्शनमा चिलीमा २८४ पक्राउ

  • ७.
    अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

  • ८.
    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.