नयाँदिल्ली- बेलायतको अफिस फर नेसनल स्ट्याटिस्टिक्स (ओएनएस)ले रक्सीबाट भइरहेको मृत्युको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको छ।
तथ्यांकअनुसार बेलायतमा सन् २०२३ मा १० हजार ४७३ जना मानिसको मृत्यको सीधा सम्बन्ध रक्सी पिउनुसँग थियो। सन् २०२२ मा पनि त्यहाँ रक्सीकै कारण १० हजार ४८ जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् २०१९ मा रक्सी नियमित पिउने ७ हजार ५६५ जनाले ज्यान गुमाएका थिए।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर बर्सेनि ३० लाख मानिसले नियमित रक्सी पिएकै कारण ज्यान गुमाउँछन्। त्यसको अर्थ हो, हरेक २० मध्ये १ जनाको मृत्युको कारण रक्सी हुने गर्छ। भारतमा मात्र बर्सेनि ५ देखि ६ अर्ब लिटर रक्सी पिइन्छ।
रक्सीले सीधा मानिसका दिमाग, कलेजो, मुटु, प्यांक्रियाज, मलाशय, थाइराइड ग्ल्यान्ड, मिर्गौला, गर्भाशय, ओभरी र स-साना आन्द्राहरू ड्यामेज गराउँछ।
के हुन्छ रक्सी छोड्दा ?
– रक्सी पिइरहेको मानिसले त्यसको आदत छाड्दा कलेजोमा भएको ड्यामेज ठीक हुन्छ
– मुटुको स्वास्थ्य राम्रो हुन्छ
– प्यांक्रियाजको फंक्सनिङमा सुधार आउँछ
– क्यान्सरको खतरा कम हुन्छ
– इन्सुलिन रेजिस्टेन्सको अवस्था राम्रो हुन्छ
– बढेको रक्तचाप नियन्त्रणमा आउँछ
– दिमागमा पनि रक्सीले पुर्याएको क्षति कम भएर रिपेयर हुन्छ
– शरीरको तौल बढेको छ भने कम गर्न मद्दत पुग्छ
– शरीर स्वस्थ भएर रोग प्रतिरोधी क्षमता मजबुत हुन्छ