Advertisement
काठमाडौँ । आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलहरूले आज उम्मेदवार मनोनयन दर्ता गर्ने भएको छ । तालमेलमा समझदारी भएका स्थानीय तहमा गठबन्धन दलहरूले संयुक्त उम्मेदवारको मनोनयन दर्ता गराउने भएको हो ।
गठबन्धन दलका नेताहरू मनोनयन दर्ताको पहिलो महानगर र उपमहानगरमा भागबण्डा लगाउन नै व्यस्त भएका थिए । यसका बावजुद ललितपुर महानगर र पोखरा महानगरमा समझदारी जुटाउन सकेनन् ।
आज मनोनयन दर्ताको अन्तिम दिन भएकाले तालमेलको समझदारी भएको ठाउँमा वा बाँकी ठाउँमा मनोनय दर्ता गर्ने भएको छ ।
सत्ता गठबन्धनसँगै एमालेले पनि आज मात्रै प्रमुख स्थानहरूमा उम्मेदवारी दिन भएको छ । मनोनयन दर्ताको समय आज दोस्रो दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म रहेको छ ।