Advertisement
काठमाडौँ । पोखरा महानगरमा सत्ता गठबन्धन दल कांग्रेसले बागी उम्मेदवारी दिएको छ । गठबन्धनमा यो महानगर नेकपा एकीकृत समाजवादीले पाएको छ ।
पार्टी नेतृत्वले रुखमा छाप लाउने अधिकार अवरोध गरेको भन्दै क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । केन्द्रीय नेतृत्वको गलत कदमविरुद्ध आफूले उम्मेद्वारी दिएको उनले बताएका छन् ।
उनले भने, ‘गोरखामा आँखामा भोट हाल्नु भन्छन्, मकवानपुरमा गाईमा भोट हाल्नु भन्छन्, चितवनमा हँसिया हथौडामा भोट हाल्नु भन्छन्, यहाँ कलममा भोट हाल्नु भनेका छन्, हामीले रुखमा भोट हाल्दा कारबाही भोग्नु पर्ने ?’
उनले मिलेर निर्वाचन गर्ने भए ६० अर्ब चुनावी खर्च किन गर्नु पर्यो ? भन्दै प्रश्न गरेका थिए ।