Advertisement
काठमाडौँ महानगरको मेयर पदमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । आइतबार राष्ट्रिय सभागृहस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनले आजै मात्रै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए । उनी कलाकार तथा इञ्जिनियर हुन् ।