Advertisement
काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । शनिबार बसेको पार्टीको बैठकले उनलाई काठमाडौँ महानगरको उम्मेदवार चयन गरेको हो ।
यससँगै उनले त्रिचन्द्र कलेजलाई पुनर्उत्थान गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । आइतबार उनले आफूले महानगरको नेतृत्वमा आएको अवस्थामा शिक्षा क्षेत्रलाई सुधार गर्ने बताए ।
उनले त्रिचन्द्रलाई विश्व स्तरीय शिक्षालय बनाउने बताए । मुलुककै जेठो कलेज भएकाले पहिला त्रिचन्द्र कलेजलाई आफूले रोजेको उनको धारणा थियो ।