मेष- पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ। व्यापारमा सोचेअनुरूप फाइदा होला। लाभदायक समय छ। आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ। शत्रु र रोग पन्छाउने उचित समय छ। पढाइमा भने आज खासै प्रगति नहोला।
वृष- वाहन, चौपाया प्राप्त होला। नयाँ सामान खरिद गर्ने योग देखिन्छ। आकस्मिक रूपले सफलता वा असफलता मिल्ने समय छ। आर्थिक कारोबार हुने दिन छ। गरेका कामहरू सफल हुनेछन् भने अधुरा कामहरू पनि बन्ने छन्। पैसा भने अनायसै खर्च होला।
मिथुन- अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन। गरेका कामहरू अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ। कोहीसँग सामान्य वादविवाद पनि होला। झैझगडाको सम्भावना छ। मनमा डरले पनि डेरा जमाउने छ।
कर्कट- घर परिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ। कामहरू अधुरै रहनाले मनमा खिन्न होला। परिवारबाट त्यति सहयोग पाइने छैन। केहीले सम्मान गर्ने र केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ। प्रशस्त पैसाको कारोबार होला।
सिंह- घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ। दिन रमाइलोका साथ बित्ने छ। रोकिएका अधुरा कामहरू पूरा हुने छन् भने व्यावहारिक समस्याको हल हुनेछ। सामान्यतया दिन राम्रो छ। केही नयाँ काम थाल्ने समय छ। धार्मिक एवं सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ।
कन्या- कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ। सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ। सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ। साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ। र, धनलाभको बाटो पत्ता लाग्नेछ।
तुला- स्वास्थ्यमा समस्या आउला, उपचारमा खर्च हुनेछ। गरेका कार्यहरू हतपत नबन्ने र बनिहाले पनि मिहिनेतअनुसार फल नपाइने योग छ। गरेका कामहरूमा बाधा आउनुका साथै आर्थिक हानी हुनेछ। रोगको कारणले धनको पनि नाश होला। सुख शान्ति पाइने छ।
वृश्चिक- जाँगरमा सुधार आउने छ। आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरू बन्न थाल्ने छन्। प्रयासअनुसार काम हुनुका साथै परिआएका समस्याको हल हुनेछ। अन्न तथा धनको पनि लाभ होला। आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ।
धनु- उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ। समस्याहरू आफैं किनारा लाग्ने छन्। धैर्य बढाउन सके धेरै राम्रो समय छ। परिश्रम गर्न सकेजति खेर जाने छेन। अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ। यात्रा पनि होला।
मकर- लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। कृषिकर्म र व्यावसायिक काममा केही चुनौति सामना गर्नुपर्नेछ। सामान बिग्रेर दुःख पनि पाइएला। परिवारमा हल्का विवाद हुन सक्छ।
कुम्भ- सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ। परिवारबाट सोचेअनुरूपको सहयोग नमिल्नाले व्यावहारिक काममा कठिनाइ हुनेछ। बढी खर्चका कारण मन अशान्त रहने छ। सामान्य रोगले पनि सताउला।
मीन- आज अलमल गराउने समय छ। काममा पनि मन नजान सक्छ। आँटे-गरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ। परिवारबाट सुख मिल्ने दिन छ। प्रेम प्रसंगमा केही सुधार आए पनि मानसिक तनाव होला। सोचेको काम पूरा नहुन सक्छ।