मेष- काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिने छन्। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भई धनलाभ होला।
वृष- हतियारबाट जोगिएर काम गर्नु होला। छरछिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ। कुरा काट्नेहरू प्रशस्त बढ्ने छन्। ठूला व्यक्तिहरूबाट आलोचना हुनेछ। कसैसँग वादविवादको पनि सम्भावना छ। परिवारजनमा असमझदारी बढ्नेछ। मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनु होला।
मिथुन- आज कुनै काममा झमेला सामना गर्नुपर्ने योग छ। जागिरमा केही अल्छीपन छाउनेछ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्। धन र मान पाउने योग छ। नोकरी र राजनीतिमा वर्चस्व बढाउन सकिने छ।
कर्कट- पराक्रम बढ्नुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला। आजको दिन तपाईंले सोचेको काम पूरा हुन सक्छ। पाहुना आगमनको पनि योग छ। सामाजिक उत्तरदायित्व हासिल हुने योग छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।
सिंह- प्रायः सबै कामहरू बन्नेछन्। काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ। आम्दानीको नयाँ स्रोत फेला पर्नेछ। भोजभतेरमा संलग्न भई ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ। बौद्धिक क्षमतामा प्रष्फुटन हुनाले सिर्जनात्मक काममा सफलता पाइने छ। व्यापारमा पनि फाइदा होला।
कन्या- वैदेशिक कार्यमा असफल भई दुःख पाउने योग छ। भाग्यले साथ दिने छैन। धनको नाश पनि होला। विवाद र चिन्ता बढ्ने तथा सामाजिक मर्यादामा संकट र काममा अवरोध आउने योग छ। घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ। विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ।
तुला- व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्। अन्नको पनि लाभ मिल्न सक्छ। कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ। आर्थिक र अन्न लाभ हुने दिन छ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा फाइदा होला।
वृश्चिक- धन कमाउने बाटाहरूको थालनी हुने दिन छ। सोचेका काममा सफलता पनि मिल्नेछ। धनलाभको योग छ। दिन खुशीसाथ बित्नेछ। परिवारमा पनि सुखको माहोल बन्न्नेछ। सुख-दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।
धनु- कहीं टाढाको यात्रा हुने दिन छ। परिवारमा खुशी छाउनेछ। पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ। दिन रमाइलो छ। हाँसखेल, भ्रमण र मनोरञ्जनमा दिन बित्नेछ। यात्राबाट केही धन आर्जन हुनेछ।
मकर- दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ। शरीरमा रोगले पनि सताउने दिन छ। स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गाह्रो पर्ला। सामान्य रोगव्याधले पनि सताउन सक्छ। समय मध्यमस्तरको छ। कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ। सोचेअनुरूप काम नहोला।
कुम्भ- मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। सोचेको काममा भने बाधा बेहोर्नुपर्ला। अरूको काम धेरै गर्नुपर्ला, जश पाउने सम्भावना कमै रहनेछ। काम गरेअनुसार फल भने थोरै मिल्ने समय छ। छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ तर खास हानी पुग्ने छैन। दिन ठीकै छ।
मीन- व्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन। पढाइमा सफलता मिल्ने दिन छ। स्वास्थ्यमा सुधार हुने भएकाले नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ। धार्मिक र परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थताको सम्भावना छ।