काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले नेपालको तीन दिने भ्रमण पूरा गरी आज जेनेभातर्फ प्रस्थान गरेका छन् ।
उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् । महानिर्देशकका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपालसहित अन्य अधिकारी पनि आजै जेनेभा प्रस्थान गरेका छन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए ।
महानिर्देशक नेतृत्वको प्रतिनिधि मण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाई गरेका थिए ।