मेष- बेकारको विवादमा फस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै वेश हुनेछ। व्यापारमा भने फाइदै होला। पेशागत समस्या देखिन सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। अनौठो समाचार पनि सुन्न पाइएला। अनावश्यक डर, वादविवाद हुन सक्नाले होश पुर्याउनु होला। कसैसँग झगडा पनि हुन सक्छ।
वृष- व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ। सामाजिक कामबाट प्रशंसा पाउनु होला। मन हर्षित हुने दिन छ। दिदी-बहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ। मनमा द्विविधा रहन सक्छ। जागिरमा दिन ठीकै छ।
मिथुन- वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ। पढाइमा वृद्धि र कृषि व्यापारमा पनि नाफा होला। नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। साथै, खुशीको खबर प्राप्त हुनेछ। चल-अचल सम्पत्तिको कारोबार हुन सक्छ। वैवाहिक जीवन सुखी हुने खालको दिन छ। यात्राको पनि योग छ।
कर्कट- चुनौतीका बावजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला। अल्झेका कामहरू अरूको सहयोगमा बन्ने छन्। अप्रत्याशित लाभ हुनेछ। टाढाको यात्राको पनि योग रहेको छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्।
सिंह- स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला। धनको नाश हुन सक्छ। पीडा दिनेहरू सक्रिय रहलान्। व्यर्थको खर्च हुनेछ, घटाउने प्रयास गर्नु होला। खानामा पनि सावधान रहनु होला, रोग लाग्न सक्छ।
कन्या- पढाइमा सफलता मिल्नेछ। बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ। नयाँ कामको थालनी हुने दिन छ। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। मुद्दा-मामिलामा विजयी भइनेछ। अन्नलाभ पनि होला। धनलाभको योग छ। पढाइमा प्रगति होला। दिन खुशीसाथ बित्नेछ।
तुला- सोचेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्नेछ। दिन सामान्य नै रहला। आफन्त मिलनले सुख दिनेछ। पैसो कमाउने योग साथै पाहुनाको आगमनले मन हर्षित रहला। आयआर्जनमा राम्रो दिन छ।
वृश्चिक- प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। यात्रा हुन सक्छ। कामहरू पनि सजिलै बन्ने छन्। टाढाको यात्रा हुने योग छ। व्यापारबाट सामान्य नाफा होला। हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ। मन त्यसै शान्त हुनेछ।
धनु- घरेलु समस्याले सताउने छ। मित्र बनेर धोका दिनेहरू प्रशस्तै हुनेछन्। अर्थको हानी हुने दिन छ। शरीरमा रोगले सताउला। धनमाल हराउनाले मनमा पीडा थपिने छ। स्वास्थ्य विग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। टाढाको यात्रा आज नगर्नु होला।
मकर- नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। काममा कठिनाइ सहनुपर्नेछ। काम बिग्रन सक्छ। आर्थिक लेनदेन पनि खासै राम्रो छैन। आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ। बन्न लागेको काम बिग्रन गई मनमा चिन्ता बढ्न सक्छ।
कुम्भ- आर्थिक पक्ष आज सन्तोषजनक छ। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ। काम बन्नाले सुखको अनुभव हुनेछ। पठन-पाठनमा मन जानेछ। घरायसी काममै दिन जाने देखिन्छ। कमाइ सोचेअनुरूप हुनेछ। पठन-पाठनमा पनि प्रगति हुनेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला।
मीन- पढाइ र व्यापारमा पाउने सफलता यथावत रहने छ। साथीभाइसँग भेटघाट पनि होला। नयाँ कामका योजनाहरू बन्ने सम्भावना छ। काममा जोश र जाँगर बढ्ने देखिन्छ। आर्थिक लाभ पनि होला। आज कुनै नयाँ कामको थालनी गर्नु भए राम्रो हुनेछ। दिन एकदमै राम्रो छ।