Advertisement
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुनः सरेको छ । शुक्रबार बस्ने भनिएको बैठक आज बिहानको लागि सरेको थियो ।
आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजे बस्ने गरी सरेको कांग्रेसले जनाएको छ । पदाधिकारीको बैठक लम्बिएपछि शुक्रबार बैठक स्थगित भएको थियो ।
आज बिहान बस्ने भनिएको बैठक शीर्ष नेताहरूको छलफलले दिउँसो २ बजे सारिएको हो । सोही बैठकले आगामी ३० गते हुने सथनीय तहको निर्वाचनका लागि महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवारको चयन गर्ने तयारी रहेको छ ।