आज चतरा- नडाहा सडक खण्डमा गाडी पल्टिँदा दुर्घटना २ जना घाइते भएका छन।
Advertisement
बागमती प्रदेशको ७१४६ नम्बर हुन्डाइ आइ-टेन दुर्घटनाग्रस्त हुँदा उक्त गाडीमा सवार उच्च अदालत पाटनका न्यायाधीश नारायण प्रसाद रेग्मी र कृष्ण खनाल भने गम्भीर घाइते भएका कुराको कुरा सशस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक सुदेश राई जानकारी दिए। उक्त गाडीमा ४ जना सवार थिए।
सशस्त्र प्रहरी बेस क्याम्प र नडहा प्रहरी चौकीका प्रहरीहरुले दुर्घटना भएको स्थानमा पुगी घाइतेहरुलाई तत्काल उद्धार गरी नोबेल अस्पताल बिराटनगरमा पठाइएको कुरा इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक विकास राईले जानकारी दिए।