Advertisement
काठमाडौँ । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउने भएको छ ।
आज बस्ने पार्टी बैठकले आसन्न निर्वाचन विभिन्न महानगर तथा उपमहानगरको उम्मेदवार टुंगो लगाउन खोजिएको हो ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले उम्मेदवारको टुंगो लगाउन लागिएको छ ।