पूर्व उद्योग वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले धार्मिक तीर्थ बराहक्षेत्रमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरी हस्तान्तरण गरेका छन् ।
आफ्ना मातापिताको नाममा निर्मित टीका-बखत सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरी बराहक्षेत्र नगर प्रमुख रमेश कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
भवनको उद्घाटन श्रीधरणीधर विवाह महोत्सवका अवसरमा उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका छन् ।
भवन ६० लाखको लागतमा निर्माण भएको पूर्व मन्त्री विश्वकर्माले जानकारी दिए । उनले २ वर्ष लगाएर निर्माण सम्पन्न भएको भवन वराहक्षेत्रमा आउने धर्मावलम्बी र स्थानीयको स्वास्थ्य उपचारमा सहयोग होस् भनेर निर्माण गरिएको बताए ।
जोखिममा रहेको वराहक्षेत्र बचाउन ज्ञापनपत्र वराहक्षेत्र गुठी व्यवस्थापन समितिले उपप्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाएका छन् । वराहक्षेत्र मन्दिर परिसर र बस्ती नै गत बर्खामा सप्तकोसी नदीमा आएको बाढीले जोखिममा परेकाले ज्ञापनपत्र बुझाइएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए ।
