• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

हेडलाइनकर्मीसहित पत्रकार सम्मानित


शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित

सुनसरीको बराहक्षेत्र नगरपालिकाको १५ औं नगर सभामा नेपाली हेडलाइन हिमाल राईसहितका पत्रकारलाई सम्मान गरिएको छ।

Advertisement

बराहक्षेत्र नगरको प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासङ्घ सुनसरीबाट प्रदेश परिसद सदस्यमा निर्विरोध निर्वाचित राईसहित प्रदेश परिसद सदस्य नवराज विष्टलाई नगरको गरिमा बढाएको भन्दै नगर सभाले सम्मान गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।

नगर सभामा अर्ध वार्षिक प्रगति प्रतिवेदन तथा पूरक बजेट प्रस्तुत बराहक्षेत्र नगरपालिकाले १५औं नगर सभामा आव २०८१/८२ को अर्ध वार्षिक प्रगति प्रतिवेदन तथा पूरक बजेट प्रस्तुत गरिएको छ ।

नगर प्रमुख रमेश कार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक तथा आर्थिक क्षेत्रको प्रगति उत्साहप्रद रहेको उल्लेख गरे ।

आ.व. २०८१/८२ का लागि पूर्वाधारतर्फ विभिन्न वडा तथा नगरबाट छनोट भएका जम्मा २ सय ६२ वटा योजनाको उपभोक्ता समिति गठन भइसकेको नगर प्रमुख कार्कीले जानकारी दिए । उनका अनुसार ७१ वटा योजनाको सम्झौता भएको, १२ वटा योजना कार्य सम्पन्न भएको र नगरबाट १६ वटा योजना ठेक्का प्रक्रियाबाट सञ्चालन हुने गरी सम्झौता भएको नगर प्रमुख कार्कीले बताए ।

अन्य सम्झौता हुन बाँकी १९१ वटा योजना समयमा नै सम्पन्न गर्नका लागि नगर प्रमुखले सम्बन्धित वडा तथा शाखाहरुलाई निर्देशन दिएको बताए ।

नगर प्रमुख कार्कीले २०७६ सालदेखि अवरुद्ध भएका नगर भित्रका विभिन्न योजनाहरु (बाङ्गे-कालाबन्जर विशाल चोक हुँदै धरान जोड्‌ने सडक र बाङ्गे- नडाह हुँदै धरान जोड्ने सडक) को निर्माण सुरु गर्नका लागि सम्बन्धित निर्माण व्यवसायी, कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र सम्बन्धित सरोकारवालालाई स्थलगत अनुगमन गराई योजनाहरु निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवारले अर्धवार्षिक पुरक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक विकासमा १३.५७ प्रतिशत खर्च भएको विवरण प्रस्तुत गरिन् ।

यस्तै सामाजिक विकासतर्फ ३४.७८ प्रतिशत, पूर्वाधार विकासतर्फ १५.४५ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १.७७ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३९.२६ प्रतिशत खर्च भएको विवरण प्रस्तुत गरिन् ।

९९ करोड ६५ लाख ७६ हजार १ सय ५० रुपैयाँ विनियोजित रकममध्ये चालु आ.व.को ६ महिनामा २९ करोड ८० लाख ३१ हजार ६१ रुपैयाँ ५४ पैसा खर्च भएको छ ।

नगर उपप्रमुख सुनुवारले नगर सभामा १ देखि ११ नम्बर वडाका सञ्चालन हुन नसक्ने योजनालाई संशोधन गरी बजेटमार्फत नयाँ योजना प्रस्तुत गरेको उल्लेख गरिन् ।

‘बराहक्षेत्र नगरपालिकाको सम्मृद्धि र विकासको लागि सदैव लगनशील रहे पनि न्यून बजेट तथा अनुमानभन्दा कम राजश्व सङ्कलन भएको विद्यमान अवस्थामा नगरवासीको असीमित चाहाना र आकांक्षालाई सन्तुलित रुपमा सम्बोधन गर्न नसक्नु नगरपालिकाको प्रमुख चुनौती रहेको छ,’ बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रमुख सुनुवारले भनिन्,’नगर विकासमा रचनात्मक सहयोग पुर्याउन सहयोगको अपेक्षा गर्दछु ।’

शुक्रबार, पुष १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

भर्खरै

  • १.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • २.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ३.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ४.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ५.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ६.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ७.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ८.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.