Advertisement
काठमाडौँ । नेकपा एमालेले आज पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले घोषणा पत्र सार्वजनिक गर्ने भएको हो ।
च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजे हुने कार्यक्रममार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् ।
पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् ।
यसअघि एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत दलहरूले घोषणा पत्र र प्रतिवद्धतापत्र सार्वजनिक गरिसकेको छ ।