सुनसरीको बराहक्षेत्र–१ मा मृगको मासु,भरुवा बन्दुक सहित दुईजनालाई प्रहरी पक्राउ परेका छ।
Advertisement
बराहक्षेत्र १ बगुवा स्थित तल्लो टोलमा मृगको मासु काटिरहेको अवस्थामा बराहक्षेत्र १ बगुवा बस्ने ४४ वर्षीय मन कुमार राई र वर्ष ४२ राजेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा छापा मार्दा वडा नं. ०१ बस्ने बर्ष अं. ४० को सुमन राईको बाँसको टाटी बेरा टिनको छानो भएको भान्सा घर भित्र मृगको मासु ५ के.जि.भरुवा बन्दुक ३ थान सहित राईलाई आज सोमवार बिहान २:१० इलाका प्रहरी कार्यालय चक्रघट्टी र इलाका प्रहरी कार्यालय चतराको सयुक्त टोलीले पक्राउ गरिएको कुरा इलाका प्रहरी कार्यालय चक्रधट्टीका प्रहरी निरीक्षक विकाश राईले जानकारी दिए।
पक्राउ परेका राईहरुलाई इलाका प्रहरी कार्यालय चक्रघट्टी ल्याई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।