Advertisement
एमनेस्टी इन्टरनेसनलले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्न बेलायतलाई चेतावनी दिएको छ।
बेलायतले उनलाई अमेरिकालाई सुम्पिने चिन्ता जनाउँदै त्यसो गरे अन्तर्राष्ट्रिय कानून उल्लंघन गरेको ठहर्ने एमनेस्टीको भनाइ छ।
‘यदि जुलियन असान्जलाई सुपुर्दगी गरियो वा अमेरिकामा कुनै अन्य स्थानान्तरण गरियो भने बेलायतले अन्तर्राष्ट्रिय मानवअधिकार कानूनअन्तर्गत आफ्ना दायित्वहरूको उल्लंघन गरेको ठहर्नेछ,’ एमनेस्टीले भनेको छ।