मेष- नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ, व्यापारमा पनि घाटा सहनुपर्ला। मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ। जागिरमा भने सजग रहनु होला। स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ, मानसम्मान पनि पाउन सकिन्छ।
वृष- चल-अचल सम्पत्तिको कारोबार हुनेछ। वैवाहिक जीवन सुखी हुनेछ। घरमा पाहुनाले सताउलान्। प्रेम र मित्रताको बन्धन कसिने दिन छ। विभिन्न सहयोग र उपहार पाइनेछ। यात्राको पनि योग छ। काम बन्नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
मिथुन- व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्न हुनेछन्। विदेशबाट पैसा पनि प्राप्त होला। परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ। मिष्ठान्न भोजनको अवसर आउने छ। मित्रजनसँग पनि भेटघाट होला। व्यापारबाट राम्रै आम्दानी हुनसक्छ। नसोचेको काम बन्ने छ।
कर्कट- खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ। भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारीसाधन चलाउँदा विचार पुर्याउनु होला। खानामा सचेत रहनुपर्ने दिन छ। अनावश्यक झमेलामा परिएला। यात्राको क्रममा सावधान रहनु होला।
सिंह- आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ। दिन रमाइलै छ। धनजनमा वृद्धि भई कसैबाट समर्थन पाइएला। ठूला व्यक्तिसँग पनि भेटघाट हुन सक्छ। काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्न लाभ होला। अनौठो खबर सुन्न पाइएला।
कन्या- आज धनलाभको योग छ। नया साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग छ। कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। पुराना कामहरू आज नै सम्पन्न हुन सक्ने दिन छ। आयआर्जन हुन सक्छ। यात्राको सम्भावना छ। नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ।
तुला- नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ। कृषिको कामबाट विशेष लाभ होला। आज कुनै पनि नयाँ काम नथाल्नु होला। टाढाको यात्रा हुने दिन छ। लेनदेको काम पनि नगरेकै वेश होला। घरमा पाहुनाले सताउलान्।
वृश्चिक- व्यर्थको खर्च होला। स्वास्थ्यमा गडबडीको सम्भावना छ। खानामा एकदमै सजग रहनु होला। स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला। धनको नाश हुन सक्छ। प्रेममा पनि धोका होला। सानातिना काममा महत्त्वपूर्ण समय बित्नेछ। सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ।
धनु- ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्। मनमा केही द्विविधा रहला। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। मन हर्षित रहला। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ। सोचेको काम समयमै सम्पन्न नहोला।
मकर- खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्। वैदेशिक क्षेत्रको लगानी फाइदै होला। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ। पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्ने छ। माता-पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ।
कुम्भ- कामहरू सजिलैसँग बन्नेछन्। कामको इच्छाशक्ति पनि बढ्नेछ। पढाइमा पनि केही प्रगति हुने देखिन्छ। विपरित लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। काम गर्नमा थप जाँगर थपिने देखिन्छ। पैसो कमाउने योग छ। पारिवारिक सुख मिल्ने दिन छ। व्यापारमा पनि फाइदाकै योग देखिन्छ।
मीन- वादविवादको सामना गर्नुपर्ला। पेशागत रूपमा समस्या देखिन सक्छ। घरपरिवारमा केही मनमुटाव होला। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ। तर, सफलता प्राप्त हुने छैन। व्यर्थै समयको नाश होला। मनमा उदासिनता बढ्ने छ। काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुनेछन्। विश्वास गरेकाले धोका दिने छन्।