Advertisement
एमालेबाट चितवन भरतपुरको मेयर उम्मेदवार बन्न वागमती प्रदेश सांसद विजय सुवेदीले पदबाट राजीनामा दिएका छन्।
उनलाई एमाले भरतपुरले मेयर उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको छ। सोही कारण सुवेदीले सांसद पद त्यागेका हुन्।
सुवेदी बिहीबार वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठलाई राजीनामा बुझाएका छन्।
उनी ०७४ सालको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभामा निर्वाचित भएका थिए।
भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा सुवेदी अष्टलक्ष्मी शाक्य वागमती प्रदेश मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री बनेका थिए।