काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् ।
Advertisement
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको हो । बैठकमा कांग्रेसका संस्थापनइतर पक्षका नेता डा. शशांक कोइरालाका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत नेताहरू बोलाइएको हो ।
बैठकमा पार्टी पदाधिकारी उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि जाने भएका छन् ।
स्रोतका अनुसार देउवाले महानगर तथा उपमहानगरमा उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन् ।