• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

वराहक्षेत्रको दीगो विकास र मेला पर्व सञ्चालनबारे समीक्षा


सोमबार, पुष ०१, २०८१ मा प्रकाशित

वराहक्षेत्रमा सम्पन्न मेलापर्वका र वराहक्षेत्रको दीगो विकासबारे समीक्षा गरिएको छ ।

Advertisement

सोमबार बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा स्थानीयको उपस्थितिमा भएको समीक्षा कार्यक्रममा गत महिना सम्पन्न हरिबोधनी एकादशी मेला र बाला चतुर्दशी पर्वको आम्दानी खर्चसमेत प्रस्तुत गरिएको छ ।

बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रविकुमार श्रेष्ठले एकादशी मेलामा ७ लाख १४ हजार ३ सय ४४ रुपैयाँ आम्दानी भएको हिसाब प्रस्तुत गरे । उनले मेला व्यवस्थापनका लागि १२ लाख ६९ हजार ६८ रुपैयाँ खर्च हिसाब प्रस्तुत गरे ।

बर्खाले क्षतविक्षत बाटो मर्मत सम्भार र निर्माणमा अत्यधिक खर्च गर्नु परेको र मन्दिर रंगरोगन र व्यवस्थापनमा बढी खर्च भएकाले घाटा हिसाब सार्वजनिक गरिएको कोषाध्यक्ष श्रेष्ठले बताए ।

सनातन हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र वराहक्षेत्रमा राज्यले संस्थागत प्रवर्द्धन गर्न नसकेको बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठ बताउँछन् ।

‘धार्मिक तीर्थयात्री र पर्यटकको आगमनमा उल्लेखीय वृद्धि गर्न नसक्दा समेत न्यून आम्दानी भएको छ,’ गुठी व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने, ‘वराहक्षेत्रमा लाग्ने मेलापर्वको प्रचारप्रसार व्यापक गर्न तीनै तहका सरकार लाग्न सकेका छैनन् ।’

यस्तै वराहक्षेत्रमा लागेको बाला चतुर्दशी पर्वको आयव्ययसमेत घाटामा देखिएको छ । समितिले ३६ हजार ३ सय ३२ रुपैयाँ घाटा भएको देखाएको छ । २ लाख २ हजार १ सय ८० रुपैयाँ आम्दानी भएकामा खर्च २ लाख ३८ हजार ५ सय १२ रुपैयाँ खर्च भएको छ । आम्दानीको सीमित स्रोत र खर्च धेरै हुँदा हिसाब घाटामा गएको कोषाध्यक्ष श्रेष्ठले बताए ।

समीक्षा कार्यक्रममा बोल्दै स्थानीय सञ्चारकर्मी नवराज विष्टले प्रचारप्रसारको दायरा बढाउन सुझाव दिएका थिए । उनले वराहक्षेत्रको प्रचार भारतका विभिन्न स्थानमा बहुभाषामा गरिनु पर्ने बताए । राज्यले विश्वकै चारधाममध्येको एक पवित्र तीर्थ र आदि श्राद्धस्थललाई चिन्न नसकेकाले स्थानीयको नै सबैभन्दा ठूलो पहलकदमी आवश्यक रहेको बताए ।

अध्यक्ष भक्तबहादुर श्रेष्ठले सप्तकोसी नदीको उच्च जोखिममा रहेको वराहक्षेत्र तीर्थलाई जोगाउन नसके भावि सन्ततिले इतिहासको पानामा मात्र भेट्ने बताए । स्थानीय कुमार श्रेष्ठले वराहक्षेत्रको दुर्गमताले राज्यलाई नै गिज्याइरहेको बताए ।

गुठी व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको समीक्षा कार्यक्रममा वराहक्षेत्र मन्दिरका मूल पुजारी किरण भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्थानीयवासी, समाजसेवी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

भर्खरै

  • १.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • २.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ३.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ४.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ५.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ७.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.