• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

भारतलाई चुनौती दिँदै खालिदा जियाको पार्टी !


    Avatar photo
सोमबार, पुष ०१, २०८१ मा प्रकाशित

काठमाडौं- बंगलादेशको प्रमुख राजनीतिक दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले भारतले बंगलादेश बनाएको नभई आफ्नो स्वार्थका लागि पाकिस्तान टुक्र्याएको दाबी गरेको छ। बंगलादेशी सत्ताबाट शेख हसिनाको बहिर्गमनपछि भारतमाथि बीएनपीको लगातारको आक्रमणको यो पछिल्लो कडी हो।

Advertisement

बीएनपीका वरिष्‍ठ नेता तथा स्थायी कमिटी सदस्य मिर्जा अब्बासले बंगलादेशलाई स्वतन्त्र बनाएको भारतको दाबीलाई खारेज गरेका छन्। भन्छन्, ‘भारतले बंगलादेश बनाएको होइन। हामीले बंगलादेशलाई स्वतन्त्र गरायौं। भारतले त पाकिस्तानलाई हाम्रो हितमा नभई आफ्नै हितका लागि टुक्र्याएको थियो।’

१ डिसेम्बरमा बंगलादेशको उच्च अदालतले पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई २१ अगस्ट २००४ मा भएको ग्रेनेड आक्रमणको मुद्दामा सफाइ दिएको छ। रहमानलगायत ४८ जनाले सफाइ पाएलगत्तै अब्बासले हसिनाको सरकारमा आफ्ना पार्टीका नेताहरूले न्याय नपाउने प्रमाणित भएको बताएका थिए। र, भारतप्रति लक्षित गर्दै ‘एक विदेशी शक्तिले नेता बेगम खालिदा जिया र पार्टी अध्यक्ष रहमानलाई फसाएर राख्‍न खोजेको’ आरोप लगाएका थिए।

२१ अगस्त २००४ मा प्रतिपक्षी दल अवामी लिगले ढाकामा निकालेको एक र्‍यालीका क्रममा शेख हसिनालाई लक्षित गर्दै ग्रेनेड बम आक्रमण भएको थियो। बीबीसीका अनुसार २४ जनाको ज्यान जानेगरी भएको आक्रमणमा शेख हसिना बालबाल बचेकी थिइन्। हसिनासहित करिब ३०० जना घाइते भएका थिए।

हसिना सत्तामा आएपछि कारवाहीमा परेका बीएनपीलगायत विपक्षी दलका समर्थक तथा नेताहरू उनको बहिर्गमनपछि जेलबाट धमाधम रिहा भइरहेका छन्।

कसरी बनेको थियो बंगलादेश ?

सन् १९७१ मा भएको भारत-पाकिस्तान युद्धमा पाकिस्तानको पराजयसँगै नयाँ मुलुक बंगलादेशको स्थापना भएको थियो। भारतले बंगलादेशको मुक्ति आन्दोलनलाई सघाउँदै पाकिस्तान टुक्र्याउन भूमिका वहन गरेको थियो।

पाकिस्तानले बंगलादेशको मुक्ति आन्दोलनलाई स्वीकार गरेको छैन। उसले यसलाई भारत-पाकिस्तान युद्ध भन्‍ने गरेको छ। भारतीय पुस्तकहरूमा पनि भारत-पाकिस्तान युद्ध उल्लेख गरेको छ। यद्यपि, भारतले बंगलादेशको मुक्ति युद्धलाई पनि स्वीकार गरेको छ।

सन् १९७१ को युद्ध तेस्रो भारत-पाकिस्तान युद्ध थियो, जुन बेला पूर्वी पाकिस्तानमा बंगलादेश मुक्ति युद्ध छेडिएको थियो। सोही समयमा भएको भारत-पाकिस्तान सैन्य टकरावले पाकिस्तानले पूर्वी हिस्सा गुमाउनु परेको थियो। भारतीय सेनाको सहयोगमा पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेशको स्थापना भयो।

३ डिसेम्बर १९७१ देखि शुरु भएको युद्ध करिब २ सातामै पाकिस्तान टुक्रिएसँगै अन्त्य भएको थियो। ३ डिसेम्बर साँझ पाकिस्तानी वायुसेनाले सीमाबाट करिब ४०० किलोमिटरभित्र आगरासहित आठ भारतीय हवाईअड्डामा आक्रमण गर्‍यो। पाकिस्तानको आक्रमणपछि प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानले भारतविरुद्ध युद्ध छेडेको घोषणा गरेकी थिइन्। सोही रातिदेखि भारतले पाकिस्तानमाथि हवाई आक्रमण थालेको थियो।

प्रधानमन्त्री गान्धीको आदेशपछि ठूलो संख्यामा भारतीय सेना पूर्वी पाकिस्तानको ढाका कब्जा गर्ने उद्देश्यसहित अगाडि बढ्यो। र, पश्‍चिम पाकिस्तानमा पनि सैन्य कारवाही शुरु गर्‍यो। उक्त युद्धमा पाकिस्तानले नराम्रो हार बेहोरेको थियो। पाकिस्तानले पूर्वी क्षेत्र पूरै गुमाउनुपरेको थियो। १६ डिसेम्बरमा पाकिस्तानले पूर्वी पाकिस्तानमा आत्मसमर्पण गरेको घोषणा गरेसँगै युद्धविराम भएको थियो। र, नयाँ मुलुक बंगलादेश अस्तित्वमा आएको थियो।

बंगलादेशको आन्तरिक मामलामा हस्तक्षेपको आरोप

बीएनपीका नेता मिर्जा अब्बासले भारतले चटगाउँ कब्जा गरेर दुई हिन्दू राष्‍ट्र बनाउन लागेको आरोप लगाएका छन्। भन्छन्, ‘भारत दुई हिन्दू राष्‍ट्र बनाउन चाहन्छ। ऊ चटगाउँ कब्जा गर्न चाहन्छ। बंगलादेशलाई सानो र गरिब देश भन्छ। तर, भारतले यो याद राख्‍नुपर्छ कि हामीसँग सानो सेना छ तर १९७१ मा हामी बिनातालिम लडेका थियौं। बंगलादेशका २० करोड जनता सैनिक छन्।’

१ डिसेम्बरमा बीएनपीका संयुक्त महासचिव रुहुल कबिर रिजवीले पनि हसिनाको बहिर्गमन भारतले पचाउन नसकेको भन्दै भारतलाई निशाना साँधेका थिए। सत्तारुढ भारतीय जनता पार्टीले बंगलादेशविरुद्ध भ्रामक जानकारी फैलाइरहेको उनको दाबी छ।

भन्छन्, ‘शेख हसिना सत्ताबाट बाहिरिएको भारतले पचाउन सकेको छैन। भारतको सत्तारुढ दल र उसका सहयोगीहरूले बंगलादेशविरुद्ध प्रोपोगन्डा फैलाइरहेका छन्। अनर्गल प्रचार गरिरहेका छन्। भारतको व्यवहार बंगलादेशको आन्तरिक मामिलामा हस्तक्षेप हो। यो हाम्रो सार्वभौमसत्ता र स्वतन्त्रताको विरुद्ध हो।’

बीएनपी भारत विरोधी दल मानिन्छ। उसले यसै वर्ष पनि ‘इन्डिया आउट’ क्याम्पेन चलाएको थियो। बीबीसीका अनुसार बंगलादेशमा खालिदा जियाको सरकार हुँदा पनि बीएनपीको भारतसँग राम्रो सम्बन्ध थिएन। फेरि बीएनपी सरकारमा आएमा दुई देशबीचको सम्बन्ध पहिलेको भन्दा तनावपूर्ण हुने विश्लेषकहरू बताउँछन्।

विश्लेषकहरूका अनुसार यदि यहि अवस्थामा बंगलादेशमा निर्वाचन भएमा बीएनपीले बाजी मार्ने सम्भावना उच्च छ। किनभने, अन्तरिम सरकारले शेख हसिनाको पार्टीलाई चुनावी दौडबाट हटाइसकेको छ। हसिना भारतको शरणमा छिन् भने अवामी लिगका अन्य शीर्ष नेतृत्व जेलमा छन्।

त्यसैले यतिबेला बंगलादेशमा निर्वाचनमा भिड्ने ठूला खेलाडीहरूमा बीएनपी र जमात-ए-इस्लामी मात्र छन्। मुक्ति आन्दोलनमा पाकिस्तानी सेनासँग सहकार्य गरेको कारण जमातले अझै पनि बंगलादेशमा सर्वस्वीकार्यताको लागि संघर्ष गरिरहेको छ। यद्यपि, जमातको पक्षमा धार्मिक राजनीतिले भूमिका वहन गर्न सक्ने विश्लेषकहरू बताउँछन्।

बंगलादेशलाई आठौं सिस्टर स्टेट बनाउने भारतको योजना ?

भारतले बंगलादेशलाई आफ्नो आठौं ‘सिस्टर स्टेट’ बनाउन चाहेको बीएनपीको दाबी छ। उत्तर-पूर्वी राज्यहरू जोगाउन भारतले बंगलादेशलाई अर्को सिस्टर स्टेट बनाउन चाहेको बीएनपीका संयुक्त महासचिव रुहुल कबिर रिजवीको आरोप छ। शेख हसिना बाहिरिएपछि बंगलादेशका हरेक नश्ल, धर्म र जातका मानिसले राहतको सास फेरेको तर त्यसले भारत सरकारको पीडा बढेको उनको आरोप छ।

भन्छन्, ‘बंगलादेशमा शेख हसिनाको तानाशाहीबाट भारत खुशी थियो। अहिले बंगलादेश आफ्नो जनताको नियन्त्रणमा छ। बंगलादेश ‘आठौं सिस्टर’ भएको भए यसका सात दिदीबहिनी सुरक्षित हुन्थे भन्‍ने भारत सरकारको सोच छ।’

भारतको उत्तर-पूर्वी सात राज्यहरू अरुणाचल, आसाम, मणिपुर, नागाल्यान्ड, मेघालय, मिजोरम र त्रिपुरालाई सेभेन सिस्टर भनिन्छ। यी राज्यहरू लामो समयदेखि सशस्त्र विद्रोहमा फसेका छन्। त्यहाँका चरमपन्थी समूहले बंगलादेशबाट सहयोग पाइरहेको भारतको आरोप छ। सोही कारण भारतले बंगलादेशलाई अर्को सिस्टर स्टेट बनाउन चाहेको उनको दाबी छ।

तथापि, क्षेत्रीय सुरक्षाको दृष्‍टिकोणले भारतले छिमेकमा बफादार सरकारको अपेक्षा राख्‍नु स्वाभाविक भएको जानकारहरू बताउँछन्। तर, पछिल्लो समय भारत छिमेकमा एक्लिँदै गएको छ। एकपछि अर्को छिमेकमा आफू प्रतिकुलका सरकार बन्‍न थालेपछि भारतको चिन्ता थपिएको छ। श्रीलंका, माल्दिभ्स, नेपालपछि बंगलादेशमा पनि भारत विरोधी सरकार बन्‍ने सम्भावना रहेको जानकारहरू बताउँछन्।

पाकिस्तानसँग भारतको सम्बन्ध पहिलेदेखि नै राम्रो छैन। म्यानमारको सैन्य सरकारसँग पनि भारतको सम्बन्ध छैन। म्यानमारबाट पनि उत्तर-पूर्वी राज्यमा सक्रिय चरमपन्थी समूहलाई हतियार सप्लाइ भइरहेको भारतको दाबी छ।

हसिनाको बहिर्गमनपछि भारतलाई झट्कै-झट्का

हसिना सरकार भारतप्रति बफादार मानिन्थ्यो। राजनीतिक विश्लेषक हरि रोकाका अनुसार हसिना परिवार नै भारतप्रति बफादार मानिन्छन्। उनका बाबु नै प्रो-इन्डियन मानिन्थे। उनको पार्टी नै प्रो-इन्डियन दलको रूपमा उदाएकाले हसिना परिवार र भारतको राम्रो सम्बन्ध रहेको रोका बताउँछन्।

भन्छन्, ‘शेख हसिनाका बाबु बंगलादेशका निर्माता शेख मुजिबुर रहमान प्रो-इन्डियन मानिन्थे। अवामी लिग पनि प्रो-इन्डियन पार्टीको रूपमा स्थापना भएको थियो।’

बंगलादेशका कतिपय विपक्षी शक्तिलाई भारतले आफ्नो देशको स्थिरताको खतराको रूपमा लिँदै आएको छ। हसिनाको सत्ता ढलेमा जमात-ए-इस्लामीलगायत कट्टरपन्थी चरमपन्थी शक्तिहरू सक्रिय हुने र ती समूहहरूले भारतको पश्‍चिम बंगालका सीमा क्षेत्रमा सुरक्षा चुनौती बढाउने भारतको चिन्ता थियो। जसलाई हसिना सरकारले दबाएर राखेको थियो। विपक्षी शक्ति पावरमा आए क्षेत्रीय स्थिरतामा प्रभाव पर्नेमा भारत सधैं चनाखो छ।

गत अगस्टमा सरकारविरुद्ध आन्दोलन गरिरहेको धार्मिक गतिविधिमा-आधारित विवादास्पद राजनीतिक दल जमात-ए-इस्लामी र उसको विद्यार्थी संगठन इस्लामी छात्र शिविरलाई हसिना सरकारले प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धको चार दिनपछि हसिना आफैं सत्ताच्युत भएकी थिइन्। लगत्तै बनेको अन्तरिम सरकारले जमात-ए-इस्लामी दलमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो। प्रतिबन्ध फुकुवा गर्ने क्रममा दल आतंकवाद वा हिंसामा सहभागी भएको प्रमाण नभएको दाबी गरिएको थियो। जमातको पक्षमा पाकिस्तान र टर्किएले सहानुभूति देखाएका थिए।

विवादास्पद जमात-ए-इस्लामीको प्रतिबन्ध फकुवा गरेको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको विद्यार्थी संगठन बंगलादेश छात्र लिग (बीसीएल)लाई भने गत अक्टोबरमा ‘आतंकवादी संगठन’ घोषणा गर्दै आधिकारिक रूपमा प्रतिबन्ध लगाएको थियो। रोयटर्सका अनुसार हसिना सरकार ढाल्न आन्दोलनको नेतृत्व गरेको भेदभाव विरोधी विद्यार्थी आन्दोलनका नेताहरूले बीसीएललाई प्रतिबन्ध लगाउन लबिङ गरेका थिए।

जमात-ए-इस्लामी पार्टी पाकिस्तानसँग नजिक रहेको भारतको दाबी छ। मुक्ति आन्दोलनमा पाकिस्तानी सेनासँग सहकार्य गरेको कारण जमातले अझै पनि बंगलादेशमा सर्वस्वीकार्यताका लागि संघर्ष गरिरहेको छ। उसले आफूलाई भारत विरोधी खेमामा राख्दै थप राष्‍ट्रवादी देखाउने कोशिस गरिरहेको छ। यद्यपि, अवामी लिग निर्वाचनमा सहभागी हुने सम्भावना नभएकाले जमात र बीएनपी मुख्य प्रतिस्पर्धी हुने विश्लेषकहरू बताउँछन्।

इकोनोमिक टाइम्सका अनुसार जमातले आफ्नो शासनकालमा भारत विरोधी आतंकवादी समूहहरूलाई आश्रय दिएको थियो। जमात-ए-इस्लामी सन् १९९१ देखि पटक-पटक सरकारमा सहभागी भएको थियो। १९९१ मा बीएनपी नेतृ खालिदा जियालाई बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनाउन सहयोग गरेको थियो। त्यसयता पटक-पटक बीएनपी र अवामी लिगको सरकारमा जमात सहभागी भएको थियो।

घट्दै पाकिस्तान-बंगलादेश दूरी

शेख हसिना सत्ताबाट हटेपछि बंगलादेश र पाकिस्तान सम्बन्धमा सुधारको संकेत देखिएको छ। पाकिस्तान टुक्रिएर बंगलादेश बनेको ५३ वर्षपछि इतिहासमै पहिलोपटक दुई देशबीच सीधा समुन्द्रिक सम्पर्क कायम भएको छ। गत ११ नोभेम्बरमा पाकिस्तानी कन्टेनर जहाज सीधा बंगलादेशको चटगाउँ बन्दरगाहमा अनलोड भएको थियो। यसअघि पाकिस्तानबाट बंगलादेशमा हुने व्यापार श्रीलंका र सिंगापुरबाट हुने गरेको थियो।

बंगलादेश-पाकिस्तान सीधा समुद्री सम्पर्कले भारतको चिन्ता थपिएको छ। बीबीसीका अनुसार पाकिस्तान-बंगलादेश सीधा सम्पर्कले भारतको उत्तर-पूर्वी राज्यमा सुरक्षा खतरा बढ्ने भारतको चिन्ता छ। जानकारहरूका जहाजमार्फत पाकिस्तानबाट अवैध हतियारहरू बंगलादेश हुँदै चरमपन्थी समूहको हातमा पुग्‍न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

यस्तै, बंगलादेशले ढाका युनिभर्सिटीमा पाकिस्तानी विद्यार्थीलाई अध्ययनको अनुमति दिन थालेको छ। संशोधित नीतिअनुसार पाकिस्तानी विद्यार्थीले ढाका विश्‍वविद्यालयमा र बंगलादेशी विद्यार्थीले पाकिस्तानमा अध्ययन गर्न पाउनेछन्। यस्तै, बंगलादेशी नागरिकका लागि पाकिस्तानले भिसा प्रक्रिया सहज बनाइदिएको छ।

सोमबार, पुष ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.