Advertisement
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन् । उनले बहुदलीय व्यवस्थामा सबै दल आफ्नै बलले निर्वाचनमा जानु पर्ने बताउँदै गठबन्धन घातक भएको बताए ।
यस्तै, उनले आगामी स्थानीय निर्वाचनमा नेकपा एमालेले ५० लाखभन्दा बढी मत ल्याउने दाबी गरे । प्रेस चौतारी नेपाल जिल्ला कमिटी झापामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
सचिव भट्टराईले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीको समानुपातिक मत ३२ लाख रहेको स्मरण गरे । उनले योपटक २० लाख नयाँ युवा मतदाता थपिएको बताउँदै उनीहरूले नेकपालाई मतदान गर्ने दाबी गरे ।
यस्तै, उनले गठबन्धन सरकारले कालोधनलाई सेतो बनाउने काम गरेको बताए । उनले यसैको प्रतिरुप स्वरुप नेपाल राष्ट्र बैंकका गर्भनरमाथि कारबाही गरेको दाबी गरे ।