Advertisement
काठमाडौँ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
अर्थमन्त्री बराल चढ्ने ग १ झ ४४५ नम्बरको गाडीले नयाँ वर्षको दिन ठक्कर दिँदा घाइते भएका एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहुँ एक्लेखेतका मीनबहादुर पाइजा रहेका छन् ।
गम्भीर घाइते भएका उनको मणिपाल अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मन्त्री चढेको गाडीले ग १६ प ५१८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मीनबहादुर र उनको श्रीमती घाइते भएका थिए । उनकी श्रीमतीको अवस्था भने सामान्य छ ।