काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संखुवासभाले पाँच वटा नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि कांग्रेसले पाँच वटा नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारी चयन गरेको हो ।
कांग्रेस संखुवासभाका सभापति दीपक खड्काका अनुसार धर्मदेवी नगरपालिकाको प्रमुखममा थलकुमार लिंखा र उपप्रमुखमा तारा महत, चैनपुर नगरपालिकाको प्रमुखमा ज्ञानबहादुर कार्की र उपप्रमुखमा अञ्जना लिन्थेप, मादी नगरपालिकाको प्रमुखमा पासाङ शेर्पा र उपप्रमुखमा तारा कोइराला प्याकुरेल, पाँचखपन नगरपालिकाको प्रमुखमा विपिन राई र उपप्रमुखमा सीताकुमारी श्रेष्ठ र खाँदवारी नगरपालिकाको प्रमुखमा महेश थपलिया र उपप्रमुखमा कमला गुरुङको नाम टुंगिएको हो ।
सभापति खड्काले नगर कार्य समिति र क्षेत्रीय कार्य समितिले गरेको निर्णयलाई सदर गरेर प्रदेश कार्य समितिमा सिफारिस गरेको बताए । गठबन्धन दलसँग तालमेल हुने भएकाले नाम हेरफेरसमत हुने सक्ने उनले बताए ।