काठमाडौं – अवैध रुपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको सुन तथा मोबाईल सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा सिन्धुली तिनपटन गाउँपालिका-३ वतन भएका २२ वर्षीय हेमराज न्यौपाने र धादिङ निलकण्ठ नगरपालिका-७ वतन भएका ३४ वर्षीय राजेन्द्र अधिकारी रहेका छन् । हेमराजको साथबाट ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन १३ प्रो म्याक्स त्यस्तै राजेन्द्रको साथबाट पनि ४५ ग्राम तौल बराबरको १ थान सुनको सिक्री र १ थान आईफोन प्रो म्याक्स बरामद भएको छ ।
हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा सुटकेशभित्र फल्स बटम बनाई उक्त सुन तथा मोबाईल राखेर भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।