Advertisement
काठमाडौँ । नेपाली कांग्रेसले बुटवल उपमहानगरको मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ ।
पार्टीको बुटवल उपमहानगर समिति बैठकले पाण्डेको नाम सर्वसम्मत गरेको हो । नगरको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गर्नु पर्ने छ ।
पाण्डेसँगै कांग्रेसबाट क्षेत्रीय सभापति हरि लम्साल र व्यवसायी महेशमान सिंह मेयरका आकांक्षी थिए ।
पाण्डे गत स्थानीय निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग करिब २४ सय मतले पराजित भएका थिए । गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।
यस्तै, उपमेयरका लागि रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता केसी, रिता सेन वली, गंगा पन्थी, सविता शाक्य र राधा ज्ञवालीको नाम सिफारिस भएको छ ।