Advertisement
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ । जसका कारण बिहान पहाडी भूभागमा आंशिक बदली हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, राति प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको हुने भएको छ ।