स्थानीय तहको निर्वाचन अन्तर्गत नेकपा (माओवादी केन्द्र) भरतपुर १४ मा वडा अध्यक्ष उमेदवारका लागि ८ जनाकाे नाम सिफारिस भएको छ ।
वडा कमिटीको पुर्ण बैठकले ८ जना वडा अध्यक्षसहित १२ जना सदस्य पदमा सिफारिस भएका हुन् ।
सिफारिस भएकाहरू प्रदेश कमिटी सदस्य देखि पत्रकारसम्म छन ।
प्रदेश कमिटी सदस्य विष्णु कुमारी चाैधरी, महानगर सदस्य हरिश्चन्द्र दाहाल, वडा ईन्चार्ज देवीराम पाैडेल, अध्यक्ष बावुराम दाहाल, बालकृष्ण ढकाल, विमला विक, केदार पाैडेल र मिलन अधिकारी अध्यक्षका दाबेदारका रूपमा वडा कमिटीबाट सिफारिस भएका छन।
यस्तै महिला सदस्यका लागि विष्णुमाया सापकोटा र निर्मला भण्डारी, दलित महिला सदस्यका लागि पार्वती विक र शान्ति रसाइली छन् ।खुल्ला सदस्यका लागि पश्चिम चितवन पत्रकार मंचका उपाध्यक्ष अनिल भट्टराई समेत छन् । अखिल क्रान्तिकारी भरतपुरका अध्यक्ष पिगंलराज पन्त, वाईसीएलका नेता दिपेन्द्र पाैडेल, राजन विक, हरिभक्त पाैडेल, बालकृष्ण गाैतम सहित रामचन्द्र दाहाल र जिवन कंडेल खुला सदस्यमा सिफारिस भएका वडा कमिटी अध्यक्ष बावुराम दाहालले जानकारी दिनुभयो । माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) काे गृह वडा समेत भएकोले यस क्षेत्रलाई अर्थपूर्ण रूपमा हेरिरहेको छ ।
३ दलिय गठबन्धन प्रभाव रहेको वडामा पदाधिकारीका व्यवस्थापन सहमतिका अाधारमा हुने चर्चा छ । कांग्रेससँग गठबन्धन कमजोर रहेको बताउदै प्रदेश कमिटी सदस्य विष्णु कुमारी चाैधरीले अाफुहरू नेपाल एकिकृत समाजवादीसँग मिलेर अघि बढ्दा भागबन्डा हुनसक्ने बताउनुभयो ।