• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

सवारी दुर्घटनामा १० जनाको मृत्यु


आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित

काठमाडौं- धनुषा जनकपुर उपमहानगरपालिका-१४ बाबा पेट्रोलपम्प नजिक सडकमा बाग्मती प्रदेश ३ -००१ ख १४०६ नम्बरको ट्रकको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा  मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

यसैगरी धनुषा मिथिला नगरपालिका-८ जमुनिवास चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय दिल बहादुर आलेको शनिबार राति मृत्यु भएको छ । ठककरबाट गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

प्युठान प्युठान नगरपालिका-१० हाडिगैरा भन्ने स्थानमा रा.१ त ३६०३ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल  रियलटप बेकरीमा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा चालक दाङ राप्ती गाउँपालिका-७ सिसहनिया बस्ने ४५ वर्षीय रामदेब चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा  उपचारको क्रममा मृत्यु भएको हो ।

बर्दिया बाँसगढी नगरपालिका-८ पीसीओ चोकस्थित सडकमा से.७ प ५६९० नंम्बरको मोटरसाइकल र भे.६ प ५०२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा भे.६ प ५०२२ नम्बरको मोटरसाइकलका चालक बर्दिया ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बस्ने ५० वर्षीय कर्ण बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएकी कर्ण बहादुरकी श्रीमती ३५ वर्षीया चन्द्रा थापाको कौसल्या अस्पतालमा उपचार भइरहेको छ । से.७ प ५६९० नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके कोहलपुर नगरपालिका-२ सालको बुटास्थित सडकमा भे.२ त ९३९ नम्बरको ट्याक्टर र भे.७ प ५४४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटनामा हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ बस्ने ४४ वर्षीय रेशम डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही मलंगवा नगरपालिका-१० जिबिस चोकस्थित सडकमा साईकलको ठक्करबाट पैदलयात्री सर्लाही कविलासी नगरपालिका-५ बस्ने ६८ वर्षीय अच्छेलाल राय यादवको शनिबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ओम अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

सुर्खेत गुर्भाकोट नगरपालिका-१३ शेरघारी फर्मस्थित सडकमा भे.१ ह ३०४९ नम्बरको अटो अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा गुर्भाकोट नगरपालिका-१४ बस्ने ६० वर्षीय पदम बहादुर रासकोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बझाङ बित्थडचिर गाउँपालिका-४ स्थित सडकमा सुदूर पश्चिम प्रदेश ०१-००१ च ००९५ नम्बरको बलेरो जिप अनियन्त्रित भई गएराति दुर्घटना हुँदा जिपमा सवार सुर्मा गाउँपालिका-१ बस्ने २७ वर्षीय विनोद बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र देउलेखमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ७ जनामध्ये ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ ।

सिरहा बरियारपट्टी गाउँपालिका-५ कजरा चोकस्थित सडकमा स.१ त ३९४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा  ट्याक्टरमा सवार धनगढीमाई नगरपालिका-५ जैपुर बस्ने २० वर्षीय शहदेव महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राउ सरकारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सप्तरी रुपनी गाउँपालिका-५ मुसहरनिया बसबिटीस्थित सडकमा हाल नम्बर नखुलेको ट्याक्टर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २८ वर्षीय रविन्द्र यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सप्तरीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ७१ वर्षीय भरत यादव र उनकै नाति १६ वर्षीय सुभाष कुमार यादवको युनिक अस्पताल रुपनीमा उपचार भइरहेको छ ।

आइतबार, बैशाख ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.