दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ ।
Advertisement
बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरू जोखिममा परेको प्रहरीले जनाएको छ ।
शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन नसकेको आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथले जानकारी दिए ।
निरन्तर ढुंगाहरू झरिरहेकाले आगो निभाउन जानसमेत समस्या रहेको उनले बताए ।