• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

‘वाइल्ड लाइफ टुरिजम’ का प्रणेता वसन्तराज मिश्र अब सम्झनामा मात्रै


    Avatar photo
शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित

काठमाडौं-  नेपाली पर्यटन क्षेत्रका पायोनियर वसन्तराज मिश्र अब सम्झनामामात्रै सीमित हुनुहुन्छ । मिश्रको यही कात्तिक ४ गते उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको थियो । उनको तेह्रौ पुन्य तिथी आज सम्पन्न भएको छ ।

Advertisement

टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय थिए । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । विशेषगरी मिश्रले वाइल्ड लाइफ टुरिजम प्रवर्द्धन र गुणस्तरीय पर्यटक नेपालमा भित्र्याउन उल्लेखनीय योगदान गरेका थिए । पर्यटन क्षेत्रका सिद्धहस्त व्यक्तिको निधनबाट मुलुकको पर्यटन क्षेत्रमा अभाव खड्किएको यस क्षेत्रका विज्ञहरूले औँल्याएका छन् ।

पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन र नेपाल गन्तव्यबारे अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्न मिश्रको योगदान अतुलनीय रहेको बताए । ‘मिश्रको निधनबाट पर्यटन क्षेत्रमा अभाव महसुस भएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय पर्यटन मेलामार्फत नेपाललाई विश्वभर पहिचान गराउन पनि उनको उत्तिकै योगदान छ । आत्मीय, समाजसेवी र भिजनरी व्यक्तित्व मिश्रले देखाएको बाटोमा अगाडि बढ्नसके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।’

मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्रले झण्डै पाँच दशक लामो समय योगदान गरेका थिए । नेपाल पर्यटन बोर्डका संस्थापकमध्येका एक मिश्रले नेपालमा पर्यटन प्रवर्द्धनका लागि विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कार्यक्रमहरूको नेतृत्व गरेका छन् । ‘नेपाल पर्यटन वर्ष’ लगायत प्रमुख कार्यक्रमको सफल नेतृत्व गर्नुभएका उहाँले हिमाली क्षेत्र, साहसिक पर्यटन, र सांस्कृतिक पर्यटनजस्ता विभिन्न प्रकारका पर्यटन गतिविधिहरूलाई प्रवर्द्धन गर्दै नेपाललाई पर्यटकहरूको आकर्षणको केन्द्रका रुपमा स्थापित गरेका छन् ।

मिश्रसँग बाल्यकालदेखि सङ्गत गर्नुभएका सहपाटी एवं पाटा नेपालका पूर्व अध्यक्ष आर आर पाण्डेले दिगो पर्यटन विकास र वातावरण संरक्षणमा मिश्रले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले भने, ‘पर्यटनमा केही गरौँ, हामीले नगरे कस्ले गर्ने भन्ने एकप्रकारको हुटहुटी थियो । मिश्रको मुख्य प्यासन वाइल्ड लाइफ टुरिजम थियो । त्यसपछि नेपालको समग्र पर्यटनको प्रवर्द्धन र बजारीकरणमा अतुलनीय योगदान रहेको छ ।’

हिप्पीपछि नेपालमा कमजोर बनिरहेको पर्यटनलाई उकास्न ‘क्वालिटी टुरिजमको प्रोजेक्ट’ बनाएर मिश्रले बजारीकरण गरेका थिए । पर्यटन व्यवसायी योगेन्द्र शाक्यले नेपाली पर्यटन क्षेत्रका पायोनियर मिश्रको निधनले पर्यटन क्षेत्रमा गहिरो क्षति पुगेको बताए । उनले भने, ‘मिश्र बाल्यकालदेखिनै फुर्तिलो र जोसिलो हुनुहुन्थ्यो, पर्यटनमा केही गर्नुपर्छ भनेर सधै घचघच्याइरहने व्यक्तिको निधनले पर्यटनमा एक प्रकासरको अभाव खड्किएको छ ।’

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डका संस्थापकमध्येका एक अग्रज अभिभावक गुमाउँदा पर्यटन क्षेत्रले अपुरणीय क्षति बेहोरेको बताए । सन् १९७० को दशकदेखि पर्यटन व्यवसायमा आवद्ध मिश्रले नेपाललाई विश्वको पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

भर्खरै

  • १.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • २.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ३.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ४.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ५.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ६.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.