काठमाडौँ । दाङमा ट्याक्टर दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । शुक्रबार साँझ भारतको उत्तर प्रदेशस्थित पाटनदेवी मन्दिरमा लागेको मेला हेर्न जाने क्रममा यात्रु सवार ट्याक्टर दुर्घटना भएको हो ।
Advertisement
दुर्घटनामा परी घाइते भएकाहरूमध्ये १२ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार रा १ त ३७० नम्बरको ट्याक्टर गढवा गाउँपालिका ८ कोइलावासमा दुर्घटना भएको हो ।
घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि कोहलपुर अस्पतालमा लगिएको छ ।